Tuesday, August 2, 2016

प्रधानमन्त्री ओलीले सरकारी निवास छाडे, निजी निवासमा धिमे बाजासहित स्वागत



भक्तपुर, १९ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाड्नु भएको
व्यवस्थापिकासंसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि उहाँले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार छोड्नु भएको हो
प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद दिनुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो
आज बिहान प्रधानमन्त्री ओलीले बालुवाटार हाताभित्र पिपलको बोटसमेत रोप्नु भएको थियो निवास छोडेलगतै उहाँ व्यवस्थापिकासंसद् बैठकमा भाग लिन नयाँबानेश्वर जानुभएको
यसैबीच प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सर्नुहुँदा स्वतन्त्र युवा अभियानको नेतृत्वमा उहाँका समर्थकहरुले नयाँबानेश्वरबाट स्वागत गर्दै बालकोट पु¥याउने तयारी गरेको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो
नयाँबानेश्वरबाट ओली निवास बालकोटसम्म उहाँलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर लैजाने तयारी गरिएको युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले बताउनुभयो
बालकोट चोक प्रधानमन्त्री ओली निवास अगाडिको चोकमा धिमे बाजासहित उहाँलाई भव्य स्वागत एवम् सम्मान गर्ने कार्यक्रम रहेको बताइएको

No comments:

Post a Comment