Friday, August 12, 2016

यसरी प्राप्त हुन्छ स्पर्श सुख



दुःखमा परेका बेला कसैले पिठ्युँमा यसो सुमसुम्याउँद, सुखमै रहेका बेला खुसी बाँड्न कसैले गाला मुसार्दा वा आलिङ्गनबद्ध गर्दा नरमाउने मान्छे को होला ? मानिस मात्र होइन, जनावरहरु पनि रमाउँछन् कसैले स्पर्श गर्दा
तर, त्यस्तो किन हुन्छ ? कसैले सहानुभूति दर्साउन वा प्रेम प्रकट गर्न स्पर्श गर्दा हामीलाई सुखानुभूति के कारणले हुन्छ ? यो सबैको जिज्ञासा हो तपाईको पनि हुन सक्छ त्यसो भए अब कारण स्पष्ट भइसकेको
यसको कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् मानिस वा जनावरको छालामा विशेष प्रकारका संवेदनशील कोषिका हुन्छन् कसैले स्पर्श गर्दा ती कोषिकाले प्रतिक्रिया जनाउने गर्दछन्
स्पर्श आनन्द मानिस जनावर दुवैले उठाउने गरे पनि यसको कारण भने थाहा थिएन मानिसको छाला सबैभन्दा संवेदनशील अंग हो यसले सुमसुम्याई, सुखद्, स्पर्श, चिमोटाई, काटेको, डढेकोजस्तो स्पर्शमा फरक छुट्याउछ
क्यालिफोर्निया इष्न्टिच्युट अफ टेक्नोलजीका अनुसन्धानकर्ताहरुले मुसामा परीक्षण गरेपछि उपयुक्त तथ्य पत्ता लगाएका हुन् उनीहरुका अनुसार, छालामा भएका विशेष प्रकारका संवेदनशील न्युरोनले सुमसुम्याउँदा प्रतिक्रिया दिने गर्दछन्
अनुसन्धानकर्ता डेभिड एनरसन भन्छन्, हामीलाई ती न्युरोनका बारेमा धेरै जानकारी , जसले चोटले चोट वा दुखाई अनुभव गर्दछन् तर, यसअघिसम्म सुखद अनुभव दिने न्युरोनहरुका बारेमा जानकारी थिएन एजेन्सी -





No comments:

Post a Comment