काठमाडौं, साउन २९ – नेपाली कांग्रेस र
नेकपा माओवादी केन्द्रले मन्त्री हुने नेताको नाम टुंगो लगाउन नसक्दा
मन्त्रिपरिषद बिस्तार अनिश्चित भएको छ ।
मन्त्रिपरिषद बिस्तारको विषयमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बेलुका कांग्रेस सभापति
शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो ।
तर देउवाले आफ्नो पार्टीबाट नाम टुंगो
लगाउन अझै केही दिन लाग्ने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले
जनाएको छ । कांग्रेसबाट नाम आउन ढिलो हुने भएपछि प्रधानमन्त्रीले
आइतबारसम्म आफ्नो पार्टीबाट थप केहीलाई मन्त्री बनाउने तयारी गरेपनि यसको
टुंगो लागेको छैन ।
प्रधानमन्त्रीले गएको २० गते शपथ लिएकै
दिन दुई उपप्रधानमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको थियो ।
गएको मंगलबार राप्रपाका दुई र नेकपा संयुक्तबाट एकगरी तीन मन्त्री थपिएका
छन् ।
तर कांग्रेस र माओवादीबाटै मन्त्री
बन्नेको टुंगो लागिनसक्दा मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्रीलाई
गाह्रो भएको छ । दुवै दलमा मन्त्री बन्न खोज्ने धेरै देखिएपछि नाम टुंगो
लगाउन ढिलाई भएको हो ।
सरकारलाई समर्थन गर्ने मधेसी मोर्चा लगायतका दललाई पनि मन्त्रिपरिषदमा सहभागी गराउने दुवै दलको तयारी छ ।
No comments:
Post a Comment