सरकारबाट बाहिरिएपछि पहिलो पटक नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ।
नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी
विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको एमाले केन्द्रीय
कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। अध्यक्ष केपी शर्मा ओली
नेतृत्वको सरकारको पनि बैठकमा समीक्षा हुने बुझिएको छ।
बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा ३ बजे बस्नेछ। नेकपा
(माओवादी केन्द्र)ले सरकारको समर्थन फिर्ता लिई नेपाली काँग्रेससँग मिलेर
अविश्वास प्रस्ताव ल्याएपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी
शर्मा ओलीले यही साउन ९ गते पदबाट राजीनामा दिएका थिए।
No comments:
Post a Comment