Friday, August 12, 2016

जनकपुरका जीर्ण सडकमा बस सेवा बन्द

जनकपुर अञ्चल बस ब्यवसायी संघले जीर्ण सडकमा सञ्चालन गरिरहेको बस सेवा शुक्रबारबाट बन्द गरेको छ ।  वर्षाताले सडकको अवस्था जीर्ण हुँदा पनि सम्बन्धित निकायले मर्मत गर्न कुनै चासो नदेखाएको भन्दै गाडी बन्द गरेको हो ।
जीर्ण सडकको कारण बस चल्ने अवस्था नरहेको, पटक पटक दुर्घटना हुने गरेको एवं सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै बस सेवा बन्द गरेको अध्यक्ष मनोज चौधरीले जानकारी दिनुभयो ।
धनुषा सदरमुकाम जनकपुर र महोत्तरीको सदरमुकाम जलेश्वर जोड्ने जनकपुर जलेश्वर एवं भारतको सीमा नाका जोड्ने भिठमोट सडक खण्डमा सञ्चालनमा रहेको सम्पूर्ण बस सेवा अनिश्चित समयको लागि ठप्प गरेको छ । 
यस्तै जनकपुरबाट सञ्चालन हुने भारतको सीमानाका जटही, धनुषाको सघारा, पर्साही, यदुकोहा र महोत्तरीको भ्रमरपुरासम्म चल्ने सम्पूर्ण बस सेवा बन्द भएको छ ।
दैनिक हजारौ श्रद्धालु एवं सर्वसाधारण जनकपुर आवत जावत गर्ने भए पनि वर्षौदेखि जीर्ण सडक मर्मत नहुँदा बस सञ्चालन गर्न अत्यन्तै कठिन भएकोले बन्द गरेको अध्यक्ष चौधरीको भनाई छ ।

No comments:

Post a Comment