Wednesday, August 10, 2016
तुलसी ज्यन्ती मनाइयो
जनकपुरधाम, श्रावण २६ । जनकपुरमा धुमधामका साथ तुलसी ज्यन्ती मनाइएको छ । श्री रामानन्दीय बैष्णव संघ, जनकपुरका अध्यक्ष बैकुण्ठ दास बैष्णवको अगुवाईमा तुलसी स्मारक बाह्रविघावाट गाजावाजा साथै झाकी, भजन किरतन संगै निकालिएको र्याली जनकपुरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
तुलसी जिको जन्मोत्सवको अवसरमा तुलसी स्मारकले र्याली निकालेको संघका अध्यक्ष बैकुण्ठ दासले जानकारी दिएका छन् । सयौं श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको सो र्यालीमा तुलसी जीको गाथा गाउँदै नगर परिक्रमा गरिएको अध्यक्ष दासले जानकारी दिएका छन् ।
सो र्यालीमा स्थानीयबासीहरुको समेत उपस्थिति रहेको र उनीहरु उत्साहि भई सहभागि भएका थिए । तुलसी ज्यन्ती प्रत्येक बर्ष तुलसी स्मारकले मनाउँदै आएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment