Saturday, August 13, 2016

आज मन्त्रीमण्डल बिस्तार हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दल नेकपा माओवादी केन्द्रबाट केही मन्त्री थप्दै आज मन्त्रीमण्डल बिस्तारको तयारी गर्नुभएको छ । नेपाली कांग्रेसबाट बाँकी मन्त्रीको नाम आएपछि एकैसाथ मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेपनि नेविसंघको महाधिवेशन लम्बिएपछि प्रधानमन्त्रीले आफ्नो दलका तर्फबाट भने मन्त्री थप्न लाग्नु भएको हो । माओवादी केन्द्रको हडक्वार्टर बैठकले यसअघि नै मन्त्री छान्ने जिम्मा अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको थियो । नेपाली कांग्रेससँगको सहमति अनुसार, माओवादी केन्द्रले ८ वटा मन्त्रालय पाएको छ । उसले आफ्नो भागमा परेकामध्ये तीन वटा मन्त्रालयमा भने मन्त्री पठाईसकेको छ । बालुवाटार स्रोतका अनुसार बाँकी ५ वटा मन्त्रालयमा बिगतमा राम्रो कार्यसम्पादन गरेका र नयाँ अनुहारलाई प्रधानमन्त्री दाहालले पहिलो प्राथमिकता दिनुभएको छ । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले कांग्रेस सहितका अन्य साना दलहरु नआएपनि आज साँझसम्ममा मन्त्रीमण्डल बिस्तार हुने जानकारी दिनुभयो । आफ्नो भागमा परेका अर्थ, कषि र युवा तथा खेलकूद मन्त्रालयमा मन्त्री छानिसकेको माओवादी केन्द्रले उर्जा, स्थानिय बिकास, शिक्षा, सूचना तथा सञ्चार लगायत मन्त्रालयमा मन्त्री छान्न बाँकी छ ।

No comments:

Post a Comment