Sunday, August 14, 2016

प्रहरीले ६६ किलो गाँजासहित कार समात्यो, चालक भागे

जनकपुरधाम, साउन ३० - जनकपुरतर्फ ल्याउँदै गरेको ६६ किलो गाँजा धनुषामा प्रहरीले बरामद गरेको छ । बा ११ च ३६०६ नम्बर कारको डिकीमा लुकाएर जनकपुरतर्फ ल्याउँदै गरेको ६६ किलो गाँजा प्रहरीले जाँचका क्रममा लक्ष्मीनियाबजार नजिकबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले गाँजासहित कार नियन्त्रणमा लिए पनि कार चालक भने भागेका छन् । जनकपुर ढल्केवर सडकखण्डको लक्ष्मीनियामा चोकमा प्रहरीको नियमित चेकिङको क्रममा ७ वटा पोकामा रहेको गाँजा प्रहरीले बरामद गरेको हो ।
लक्ष्मीनिया प्रहरीचोकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक हरिराम प्रसाद यादव र ट्राफिक प्रहरी रामबली महतोको संयुक्त टोलीले गाँजा नियन्त्रणमा लिएको हो । गाडी जाँच गर्न लागेपछि मोवाइलमा कुरा गर्ने बहानाले बाहिर निस्केका चालक फरार भएको र उनको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment