दाहालले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको समर्थन पनि पाएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमालोपा नेता सर्वेन्द्रनाथ शुक्ल र सदभावना नेता लक्ष्मणलाल कर्णपनि दाहाललको उम्मेदावरीको समर्थक बसेका छन् ।
सदभावना नेता कर्णले कांग्रेस र माओवादीसँग आफूहरुको मागका विषयमा तीन बुँदे सहमति भएका आधारमा दाहालको उम्मेदवारीलाई समर्थन गरेको सरकारमा भने नजाने बताएका छन् ।
यस्तो छ गठबन्धनसँगको ३ बुँदे सहमति
१) अब बन्ने सरकारलेे मधेसी मोर्चाको आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई क्षतिपूर्ति लगायतका संघीय गठबन्धनका पूर्व शर्तालाई कार्यान्वयन गर्ने ।
२) सरकारले मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदेको आधारमा राजनीतिक सहमति खोज्दै संविधान संशोधन प्रस्ताव संसदमा लैजाने ।
३ं) मधेसी मोर्चा र गठबन्धनले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गर्ने ।
No comments:
Post a Comment