Monday, August 1, 2016

प्रचण्डको विपक्षमा मतदान गर्ने

नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने निर्णय गरेको छ ।
मंगलबार बसेको स्थायी कमिटीको बैठकबाट एमालेले प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिने निर्णय गरेको हो ।
प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिए पनि प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने एमाले स्थायी कमिटीको निर्णय छ ।
पार्टीको निर्णयबारे जानकारी दिँदै एमाले उपमहासचिव विष्णु पौडेलले  भने, ‘हामीले प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’
मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्री पदको निर्वाचन बुधबार हुँदैछ ।

No comments:

Post a Comment