तस्करहरु अहिलेको समयमा खूल्ला सिमानाको
फाईदा उठाउदै भारतको घोडासहन, छौडादानो, चैनपुर आदापुर लगाएतको बजारहरुबाट
खूल्याम युरिया, डिएपी जस्ता मलखाद्यहरु ल्याएर रौतहटको बंकुल, कटहरीया,
बिजयपुर, गरुडा , पिपरा, लगाएतका बजारहरुमा लाखौं लाख मुल्य बराबरको पुरयाई
रहेकाछन ।
नेपाल र भारत दुबै देशका तस्करहरुले मिलेर
खुल्याम तस्करी गरिरहेको छ ।सशस्त्र प्रहरी आउट बोडर पोष्ट रामपुरखापका
प्रहरी इन्सपेक्टर खाद तस्कर संग छिनेर भन्सार नबुझाए मछली पाल्न गर्ने
व्यक्ति संग सबै खाद बेचिरहेको त्यहाका स्थानिय जनताले बताएका छन ।
अहिले खेतमा लगाईएको धानमा खाध छर्न
किसानलाई चटारो छ र प्रत्येक वर्ष अहिलेको समयमा धानमा छर्नको लागि किसालाई
मलखाध चाहिन्छ तर नेपालमा सस्तो मूल्यमा मलखाध पाईदैन र भारतमा सस्तो
मूल्यमा नै मलखाध भेटिरहेकोले तस्करहरु अहिले प्रहरी प्रशासन सँग मिलेर नै
मलखाधको तस्करी गरिरहेको बताउनु हुन्छ कटहरीयाका राम बालक राउत ।
भारतीय तस्करहरुले सिमाना क्षेत्र स्थित
रहेको प्रहरीलाई मोटो रकम दिई खुल्याम रुपमा भारतबाट भारतीय मलखादहरु नेपाल
भित्रयाईरहेको स्थानियहरुले दाबि गर्नुहुन्छ । भारत र नेपाल दुबैदेशका
केही तस्करहरुले नेपाल भारत नाकामा रहेको प्रहरी प्रशासनलाई मोटो रकम दिई
खुल्याम रुपमा तस्करी गरिरहेको सरमुज्वा गा.वि.स. वडा न. ७ बस्ने समाज सेवी
बिजय कुश्वाहा बताउँछन् ।
आफुहरुले आफनो खेतमा प्रयोजनको लागि
भारतबाट १ बोरा यूरिया वा डिएपी खाद ल्याउँदा प्रहरी प्रशासनले आफुहरुलाई
रोकेर १ बोरा खाधको ५० रुपैया लिनेगरेको र अनावश्यक गाली गलौज गरेर
दुखदिरहेको तर त्यही मलखाध तस्करहरु लिएर आउँदा प्रहरी प्रशासन उनिहरुलाई
कुनैरोक्टोक नगर्ने गरेको गुनासो किसानहरुले गरेको छ ।
किसानहरुले तस्करसंग यहाँको प्रहरी प्रशान
मिलेको आरोप लगाएको छ तर तस्करसंग प्रहरीको कुनै मिलोमतो नरहेको प्रहरी
चौकी बंकुल इन्चार्ज शिवशंकर शर्माले बताएका छ । प्रहरीको उदासिनताको कारण
पनि यहाँ तस्करी मौलाउँदै गएको जानकारहरुको भनाई छ ।
No comments:
Post a Comment