काठमाडौं । भारतको राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी बिरामी
भएकी छन् । चुनाव प्रचारका लागि बनारस गएकी गान्धी मंगलबार चर्को ज्वरो
आएपछि जुलुसबाट बीचैमा फर्केकी दी टाइम्स अफ इन्डियाले जनाएको छ ।
बनारसमा केही बेर आराम गरेपछि गान्धी दिल्ली फर्केकी थिइन् ।
भारतको उत्तर प्रदेश राज्यमा विधान सभाको चुनाव हुँदैछ । उत्तर प्रदेश भारतको सबैभन्दा ठूलो राज्य हो ।
No comments:
Post a Comment