Tuesday, August 9, 2016

मिथिलाञ्चलमा बढदै झुलनोत्सवको रौनकता,मठ मन्दिरमा गुन्जिन थाले कजरी


जनकपुरधाम । एका साझ जनकपुरको मठ मन्दिरहरुमा झुलनोत्सवको गितले गुन्जियमान बन्ने गरेको छ। मठ मन्दिरमा गाइने गरिएको कजरी सहितको गितले रौनकता नै विरलै बन्ने गरेको छ। जनकपुरको मठ मन्दिरमाहरुमा अहिले झुलनोत्सवको रौनकताले वातावरण भक्तिमय बन्ने गरिएको छ ।
जनकपुरमा प्रत्येक वर्ष साउन द्वितिया देखि पुर्णिमा सम्म बडो धुमधामसंग मनाइने झुलनोत्सव पर्व स्थानिय मन्दिर,कुटिहरु द्वारा आयोजना गरिन्छ । गित संगितको आनन्द लिने कार्यहरु हुने गरेको थियो । भक्तिसंगितको आधारमा नाचहरु समेत हुने गरेको कारणले श्रद्धालुहरुको निकै भिड लागेको देखिन्थ्यो । अहिले यस्तो अवस्था छैन । यसको लागि जनकपुरको धार्मिक संस्था र मन्दिरहरु उत्तिकै जिम्मेवार रहेको छ । जनकपुरको मठ मन्दिरमा विगतमा जुन रुपमा झुलो हुने गरेको थियो । अहिले आएर त्यस अनुसारको हुन सकेको छैन ।श्रद्धालुहरुको संख्यामा समेत कमि आएको छ।
झुलनमा राम सिताको मुर्ति सजाइएका गदीमा राखि झुलाउने गरिन्छ । वास्तवमा यो सन्त परम्पराको प्रारम्भ देखि नै सुरु भएको मानिन्छ । सन्तहरु खुला चौमा अथवा रुखको छहारीमा बास सकेपनि आफनो झोलामा श्रद्धासाथ ल्याउनु भएको शालीग्रामलाई कुनै आसनमा राखि झुलाउन गर्दथे । सम्भवतः यो परम्परा त्यै बेला देखि प्रारम्भ भएको मानिन्छ ।
सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने वृन्दावनबाट नै यो झुला मिथिलाको यस प्राचीन नगरी जनकपुरमा आएको मान्न  सकिन्छ । भनिन्छ सिताको माइतीमा दाइजोको रुपमा प्राप्त मणिहरु मलमा राख्ने ठाउ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । जहा यही साउनी बेलामा राम सिताको झुला झुल्ने गर्नु हुन्थ्यो ।त्यसैको स्मृति स्वरुप झुलाका  प्रारम्भ रंगभुमिमा आज पनि मणिपर्वत मनाउने परम्परा विद्यमान छ। जहा जानकी मन्दिरको मुल महन्थहरु मन्दिरबाट आएको राम सिताको डोला एक ठाउमा राखि पुजा आर्चा गरिन्छ । झुलाको विधिवत रुपमा सुरुवात गर्ने गरेका छन । भगवानलाई भव्य सिघासनमा राखेर नगर परिक्रममा गराउने गरिन्छ । पहिले ५२ कुटिबाट ने युगल मुर्तिहरु ल्यान्थे,नाचगान हुन्थ्यो । लाखौको भिड हुन्थ्यो तर अब क्रमशः सबै विलिन हुदैछन ।
वृन्दावनमा पनि कृष्ण राधाको रासलिलाको प्रभाव र झुला झुल्ने परम्परा कै आधारमा यो सुरु गरिएको हुनुपर्दछ । पछि सन्तहरु जनकपुरमा जानकी मन्दिर बनेपछि व्यवस्थाति रुपमा यहा भित्रयाउनु भएको हुनु पर्दछ ।
आफुभित्र यत्रोविधि गौरवशाली आध्यात्मिक परम्परा बोकेको यो झुला पर्व निकै फितलो हुदै गएको छ। न त्यस्ता गायक छन नत सजावट हुन्छ नत त्यस्ता कुटि हुन । महन्थहरु संसारी भई      सके । कुटिहरु जग्गा बेच्दै खादै सम्पुर्ण गरिमा नै समाप्त गर्न लागि सकेका छन ।
राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवान्का प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुल्याउने गरिन्छ। तसर्थ यसलाई झुलन अथवा झुला भनिन्छ। राम, सिता, राधा, कृष्णको सुखद संयोगको आभास यो लोकोत्सवमा हेर्न सकिन्छ। यो भक्तिभावले भरिपूर्ण लोकोत्सव भएकाले भक्तजनहरु र श्रद्धालुहरु रातभरि कीर्तन र नाचगान गरेर यसलाई मनाउने गर्दछन्। यो सुखद संयोग पनि हो कि राम र सीता, कृष्ण र राधा दुवैप्रति भक्तिभावको समान सधारा यहाँ प्रवाहित भएको प्रतीत हुन्छ। यहाँ झुलन लोकगीतको ललित स्वरलहरी सम्पूर्ण वातावरणमा तरंगित हुन थाल्दछ। मन्दिरको प्रांगणमा नाचगानको मधुर स्वर मुखरिद हुन्छन्। सो दृश्यहरु हेर्न र भगवानको पूजाअर्चना गर्न थुप्रै मानिसको भीड लागेको छ, यतिखेर। सम्पूर्ण मिथिलाञ्चलबासी सो अवसरमा जुनेली रातभरि कीर्तन, भजन र नृत्यको संगीतमय वातावरण रम्दै गीतहरु प्नि गाउने गरिन्छ यसलाई कजरी भनिन्छ समग्रमा कजरी र झुलालाई एकअर्काका पुरक मानिए तापनि यी दुवैमा फरक नभएको चाहिँ होइन्।
गाउँले तरुण तरुणीहरु आँपको अनुपम स्वाद लिदैँ झुला झुल्ने गर्दछन्। यो लोकोरञ्जनको सर्वोत्तम माध्यम सावित भएको छ। एउटा अर्को झुलन लोकगीतको अंश
आएल सावन मास झुला झुलु सरकार
झुला झुलिलिये लाले फुलवरियामे
यसरी झुलामा एउटा सफल र सुखद दाम्पत्य
जीवनको झाँकी प्रेमको सुखद संयोग र वियोगको अतिरिक्त धार्मिक सामाजिक, साँस्कृतिक एवं ऐतिहासिक चित्रणपनि पाइन्छ। लामो समयदेखि भेट नभएका प्रियतमसँग मिलन हुने कामना गर्दै मठ मन्दिरमा भगवानको मूर्ति वा चित्र सजाएर झुला गाउने मिथिलाञ्चलमा निकै पुरानो धार्मिक परम्परा हो। गाउँले लोकजीवन एवं हावापानी र माटोसँग प्रत्यक्ष सम्बन्ध राख्ने झुलागीत सुनेर जोपनि हर्षले विभोर नहोला भन्न सकिन्न। मिथिलाञ्चलमा कृषी रोपाइ सकिने वितिकै झुला उत्सवको रौनक सुरु हुन्छ। यस क्रममा प्रत्येक मठ मन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ।
रामभक्ति शाखाका प्रत्येक नरनारीले झुला महोत्सव बडो भावविह्वल भएर अवलोकन गर्ने गरेको पाइन्छ।   तुलसि दास सुरदास, स्नेहलताका पदावलीहरु गायकद्धारा विभिन्न बाजाका साथ गाउँदा भक्तजन रामजानकीको भक्तिभावमा तल्लीन भई नतमस्तक भएर अवलोकन गरिरहेको पाइन्छ। कतिपय मन्दिरहरुमा नर्तकहरु विभिन्न किसिमका गीतहरु गाएर नृत्य गरिरहँदा मानिसले धेरै आनन्दको अनुभव गरेको देखिन्छ भने कतिपय मन्दिरहरुमा गवैयाहरु शास्त्रीय संगीत ठुमरी दादरा र गजल गाएको दृश्य अवलोकन गर्न सकिन्छ।  झुला हजारौं हजार मानिसहरु सायंकालमा अवलोकन गर्न जान्छन् र मन्दिरहरुमा भइरहेको कीर्तन, नृत्य गायन हेरेर भक्तिभावले तनमय भएर घर फर्किन्छन्। झुलाका सुरुका दिनहरुमा प्रायः गायकहरु राम जानकीको बालस्वरुप बालक्रिडा र बाल हटसम्बन्धी पदावलीहरु गएर झुला अवलोकनकर्तालाई मनमुग्ध पारेको हुन्छ भने कीर्तन गर्नेहरुले विभिन्न रागमा अवलोकन कर्तालाई समेत मख्ख पारी उनीहरुलाई पनि कीर्तनमा सम्मिलित गराएको अवलोकन गर्न सकिन्छ। झुला महोत्सवको मध्यभागमा रामजानकीसम्बन्धी सृंगार रसका तुलसी दास र सुरदासको भजन गाएर स्रोताहरुलाई श्रावण गराएर उल्लासित गरेको दृश्य हेर्न सकिन्छ।
झुला महोत्सव अवर्णीय र अकथनीय छ। एकातिर यसले मानिसलाई आनन्दको अनुभूति गराउँछ भने अर्को्तिर उसको मनलाई राम भक्तितिर भक्तिभावले ओतप्रोत पारेको हुन जान्छ। झुला स्थानमा पुगेर मानिसलाई अध्यात्मवादतिर चिन्तन गर्ने, सोच्ने र मनन गर्ने विवश पारेको हुन जान्छ। सँस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुर लगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीया देखि पूर्णिमा सम्म मनाइन्छ। यस अवधिमा झुलाका लागि सिंघासनको निर्माण गरि सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखि झुलाउने परम्परा रहेको छ।
पहिले संरचिया कुटीको नाच,बहुअर्बा कुटिको छोकरबाजी ,राम र जानकी मन्दिरमा हुने गरिएको नाच हेर्न रसिकहरु वर्ष दिनको प्रतिक्षा गर्दथे । तर अहिले सबै सरम्परा नै भत्की सकेका छन । अहिले त्यो खोज्न समेत गाहो भएको छ। अहिले यस परम्परालाई जोगाउनुपर्ने आवश्यकता रहेको छ।

No comments:

Post a Comment