राडार अनलाइनले उनको भिडियो सार्वजनिक
गर्दै ओबामाकी १८ वर्षीया छोरीले गत जुलाई ३१ मा सिकागोमा आयोजना भएको
लोलापालुजा म्युजिक फेस्भिलका दौरान गाँजा तानेको आरोप लगाएको छ ।
१८ वर्षीया जेरडिन सेल्विनलाई उद्धृत
गर्दै गसिप साइटले लेखेको छ, ‘मैले मालियालाई गाँजा तान्दै गरेको भेटेको
हुँ । मसँग तस्विर पनि छ । त्यतिबेला गाँजाको गन्ध प्रष्टै सुध्न सकिन्थ्यो
।’जेरडिनले मालियालाई एक युवकले चुरोटमा भरेको गाँजा दिएको र उनले कम्तिमा एक पटक त्यसलाई तानेको दाबी गरेका छन् ।
उक्त म्युजिक फेस्टिबलको अन्य भिडियोमा मालिया नाच्दै गरेको देख्न सकिन्छ ।
आमाबाबुसँग डेमोक्र्याटिक न्यासनल कन्भेन्सन नगई म्युजिक फेस्टिबल जाने निर्णय गरेपछि मालिया मिडियाको तारो बनेकी थिइन् ।
यसअघि, १७ वर्षको उमेरमा नै ब्राउन विश्वविद्यालयको पार्टीमा रक्सी पिएको खबर आएपछि उनी विवादमा तानिएकी थिइन् ।वाइट हाउसका अनुसार मालियाले सन् २०१७ देखि हवार्ड विश्वविद्यालयमा अध्ययन गर्नेछिन् ।
यसअघि राष्ट्रपति ओबामाले समेत आफूले युवा
अवस्थामा ड्रग्सको प्रयोग गरेको तर आफ्ना छोरीहरुलाई यो खराब र समयको
बर्बादी मात्र भएको शिक्षा दिएको बताएका थिए ।


No comments:
Post a Comment