Wednesday, August 10, 2016

महोत्तरीमा कुलोमा डुबेर बालिकाको मृत्यु

महोत्तरीको बसविट्टी–९ स्थित जङ्घा नदीको कुलोमा डुबेर एक दुधे बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बसविट्टी गाविस–९ बस्ने मोहम्मद निराले खानकी छोरी डेढ वर्षीया दरक्सा नुरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।दुधे बालिका दरक्सा घर अगाडिबाटै बग्दै गरेको जङ्घा नदीको कुलोको डिलमा खेलिरहेका बेला सोही कुलोमा लडेर डुब्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।
घटनाको जानकारीपश्चात् घटनास्थल पुगेको प्रहरी टोलीले मृतक बालिकाको शव गएराति परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको जिप्रका महोत्तरीले जनाएको छ।

No comments:

Post a Comment