Thursday, August 4, 2016

कुनै युवतीले तपाईलाई मन पराए नपराएको थाहा पाउने तरिका



हरेक युवकको मनमा कुनै युवतीका लागि अलग स्थान हुने गर्दछ उनलाई आफ्नो साथी बनाउने कोशिस गर्दछ तर, कयौ पटक युवक आफ्नो मनको कुरा भन्न डराउँछन् युवतीले कुनै संकेत दिए पनि युवकले बुझ्दैनन् यहाँ त्यस्तै केही संकेतको बारेमा उल्लेख गरिएको
तपाईका विषमा सचेत रहनु
यदि कुनै युवती तपाईलाई मन पराउछिन् भने उनी सधै तपाईप्रति सचेत रहने गर्दछन् अर्थात तपाईको सर्टको धागोदेखि जुत्ताको लेससम्ममा उनले ध्यान दिने गर्दछिन् ।साथै तपाईसँग कुरा गर्ने बेला उनको स्वभावमा परिवर्तन आउनेछ यदि तपाईलाई लाग्यो कि आजभोलि तपाईको हरेक कुरामा उनले ध्यान दिन थालिन् भने उनी तपाईको प्रेममा परिछन् भन्ने ठान्दा हुन्छ
तपाईका बारेमा जान्न चाहनु
जब कुनै युवतीले तपाईका विषयमा अधिक जान्ने वा जिज्ञासु हुन थाल्छन् तब सम्झनुस् कि उनको मनमा तपाईका बारेमा केही हुर्कदैछ उनले तपाईसँगको कुराकानीमा पनि तपाईको रुची, अरुची, तपाईको परिवार वा रोजगारीका विषयमा जान्न चाहन्छन् यसको अर्थ हो उनी तपाईसँग जीवन बिताउन चाहन्छिन्
तपाईलाई साथ दिनु
युवतीहरुको प्रवृत्ति नै हुन्छ कि आफ्नो सम्भावित जोडीको प्रशंसा गरेर थाक्दैनन् त्यसैले कुनै युवतीले तपाईको प्रशंसा गरिरहेका छन् वा तपाईको निर्णयमा साथ दिन थालेका छन् भने उनको मनमा तपाईका लागि अवश्य कुनै सफ्ट कर्नर भन्ने बुझन सकिन्छ साथै यदि कसैले तपाईका विषयमा गलत बोल्दा त्यसको जवाफ दिन्छिन् भने पनि बुझ्नुस उनी तपाईलाई मन पराउँछिन्
बडी ल्याङ्ग्वेजमा परिवर्तन
जब कुनै युवती प्रेममा पर्दछन् तब उनीहरु आफ्नो कुनै पनि कुरा लुकाउन सक्दैनन् उनीहरुको कुरा गराई चालढाल सबैमा परिवर्तन आउँछ यदि कुनै युवतीले तपाईलाई लगाचार हेरिरहन्छिन् वा तपाईका सामु कपाल मिलाउन थाल्छन् भने अर्थ स्पष्ट उनी तपाईको ध्यान आफूतिर तान्न खोजिरहेकी छन् उनको आँखाको चमक पनि स्पष्ट देखिनेछ
जब उनमा इर्श्या हुन्छ
यदि तपाई कुनै युवतीले तपाईलाई मन पराउछिन् कि पराउँदिनन् भन्ने बुझ्न चाहनु हुन्छ भने उनीहरुका सामु अन्य युवतीको कुरा सुरु गर्नुस् यदि त्यसबाट उनीहरु चिढिए वा इर्श्या गर्न थाले भने यसको अर्थ उनी तपाईको प्रेममा छिन् उनी तपाईले उनकै विषयमा मात्र ध्यान देओस् भन्ने ठान्छन्
तपाईको सम्मान गर्नु
जब कुनै युवतीले तपाईलाई पहिलाभन्दा बढी सम्मान दिन थाले भने पनि उनको मनमा तपाई हुनुहुन्छ भन्ने बुझ्दा हुन्छ अर्थात हरेक कामका विषयमा तपाईको राय लिनु तपाईसँग हरेक विषयमा छलफल गर्नुको अर्थ उनी तपाईसँग समय व्यतित गर्न चाहन्छिन् भन्ने हो
आँखाले पनि बोल्छ मनको कुरा
यदि तपाई जान्न चाहनु हुन्छ कि कुनै युवती तपाईलाई मन पराउँछन् या पराउँदैनन्, त्यस्तो बेला उनको नजर पढ्नुस् यदि उनी तपाईसँग आँखा जुधाइरहिछन् वा साथमा मुस्कुराउँछिन् भने त्यसको अर्थ उनी तपाईप्रति फिदा छिन् फेरि तपाई पनि तयार हुनुस् शायद यही नै हो प्रेम
कुरैकुरामा छुनु
यदि उनी कुरैकुरामा तपाईलाई छुन्छिन्, तपाईको हात समाउँछिन् भने पनि ठान्नुस् उनलाई तपाईले छुँदा पनि केही फरक पर्ने छैन उनी यसो गरेर आफ्नो उपस्थिति देखाउन चाहन्छिन् उनी देखाउन चाहन्छिन् कि उनी कुनै कुनै प्रकार तपाईसँग जोडिएकी छन्।
कुरा गर्न तयार हुनु
जब कुनै युवती तपाईसँग धेरै कुरा गर्न लाग्छन् वा तपाईलाई पटकपटक म्यासेज गर्दछन् तपाईलाई गुड मर्निङ, गुड नाइट आदि विश गर्छन तपाईले जवाफ नदिँदा गुनासो गर्छन् भने ठान्नुस् युवती तपाईसँग कुरा गर्न चाहन्छिन् यदि उनले आफ्नो समस्या बताए भने पनि सम्झनुस् उनको मनमा तपाईमा नजिक हुनुहुन्छ एजेन्सी






No comments:

Post a Comment