Monday, August 8, 2016

नेविसंघको महाधिवेसन अन्यौलमा, उद्घाटनपछि बन्दसत्र सुरु हुन सकेन



नेपाल विद्यार्थी संघको महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुने भएको छ ।
हिजो प्रतिनिधि विवाद नमिल्दा स्थगन गरिएको बन्दसत्र आज सुरु गर्ने तयारी छ । तर प्रतिनिधि विवाद भने मिलिसकेको छैन । कांग्रेसका तीन पक्षबीच विवादित ११ जिल्ला र केही क्याम्पसमा प्रतिनिधि भागबन्डामा सहमति नहुँदा महाधिवेशनसमेत अन्योलमा परेको छ ।
विवाद मिलेमा बिहान ९ बजेबाट नै बन्दसत्र सुरु गर्ने तयारी छ । सहमतिका लागि गएराति अबेरसम्म महाधिवेशन निर्देशक समितिको बैठक बसेपनि सहमति जुट्न नसकेको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
नेविसंघमा विधिसम्मत चुनाव हुनुपर्ने र तोकिएको समयमै चुनाव हुनुपर्ने माग गर्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट कुन्दन काफ्ले समूहका विद्यार्थीले पार्टी कार्यालयमा आमरण अनसन सुरु गरेका थिए ।
सोमबारको छलफलमा ३० प्रतिशत प्रतिनिधि अनसनरत पक्षलाई दिएर मिलाउने प्रस्ताव आएको थियो । तर, नेता रामचन्द्र पौडेल पक्षले त्यसलाई ठाडै अस्वीकार गरेको थियो । सिरहा, धनुषा, पर्सा र मुस्ताङमा प्रतिनिधिबारे ठूलो विवाद रहेको छ ।

No comments:

Post a Comment