Thursday, August 11, 2016

महोत्तरीको ग्रामिण भेगमा स्याल आतंक

महोत्तरी
उखु घारीबाट वस्ति पसेकेा स्यालले आक्रमण गर्दा ८ जना घाइते छन् । उत्तरवर्ति लक्ष्मिनिया ३ स्थित मुस्लिम टोलमा बुधवार र बिहीवार गाउ पसेको स्यालले घरघरै पसेर उपद्रो गरेको स्थानीयले बताए ।
बुधवार राति करिव ८ बजेतिर वस्तिमा पसेको स्यालले सुरुमा नाबालकसहित ६ जनालाई टोकेको थियो । बिहीवार दिउसो पनि केहीलाई टोकेको छ । स्यालबाट पुन. आक्रमाणको डरले स्वतन्त्र हिडडुल गर्न नसकेकेा स्थानियले जनाएका छन् ।
लक्ष्मिनियाको घटना सेलाउन नपाउदै छिमेकी गाउ बेलगाछिमासमेत बिहीवार विहान स्यालले टोकेर एकजना घाइते भएकेा गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएकेा छ । 

No comments:

Post a Comment