Tuesday, August 16, 2016

बर्दघाटमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जादै गरेको ना १ ज १३१७ नम्बरको जिपको ब्रेक फेल भई सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक शुक्रौली ८ का २८ बर्षीय सुधाखर पाण्डे, सरावल गाविसका २५ बर्षीया चनमति थारु र २० बर्षीया चेतकुमारी थारु तथा भारतीय नागरिक अन्दाजी २६ बर्षीय चिन्तु सहनीको मृत्यु भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । यस्तै, शव पोष्टमार्टमका लागि परासीस्थित पृथ्वी चन्द अस्पताल लगिएको छ ।

No comments:

Post a Comment