Tuesday, August 16, 2016

प्रधानमन्त्रीका विशेष दूतका रुपमा निधि भदौ २ मा भारत जाने

३२ साउन, काठमाडौं । प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भदौ २ गते भारत जाने भएका छन् ।भारतीय राजदूत रणजीत रायसँग मंगलबार भएको भेटपछि गृहमन्त्री निधिले दिल्ली भ्रमणको मिति तय गरेका हुन् ।सरकारले हालैमात्र उपप्रधानमन्त्री कृष्णबहादुर महारालाई चीन र निधिलाई भारतमा विशेष दूतका रुपमा पठाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णय अनुसार महरा अहिले बेइजिङ भ्रमणमा छन् । अब निधिको भ्रमण तय भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले भारतीय राजदूत रेसँग आफ्नो भ्रमणलाई लिएर भारतमा भइरहेको तयारीबारे छलफल गरेका छन् ।उनले भारतीय राजदूत रायलाई आफू भदौ २ गते दिल्ली जाने तथा ३ र ४ गते राजनीतिक नेतृत्वसँग औपचारिक भेटवार्तामा सहभागी हुने जानकारी गराएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताएका छन् ।

No comments:

Post a Comment