काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड सरकारमा
रामचन्द्र पौडेल समूहबाट चार जना मन्त्री बनाउने तयारी गरेका छन् । तर,
पौडेल समूहमा मन्त्री छनौट गर्न भने निक्कै सकस भएको नेताहरुले बताएका छन् ।पौडेल समूहले प्रचण्ड सरकारमा पार्टीले
पाउने मन्त्रालय मध्ये ४० प्रतिशत आफूले पाउनु पर्ने माग गरेको छ । पौडेल
समूहले प्रचण्ड सरकारमा पार्टीले १२ मन्त्रालय पाए ५ र १३ पाए ६ मन्त्री
आफ्नो समूहबाट हुनु पर्ने माग गरेको छ ।तर, देउवाले चार मन्त्री दिने तयारी गरेका
छन् । पौडेल समूहबाट शेखर कोइराला पहिलो चरणमा नै मन्त्री बन्ने पक्का
भइसकेको छ । उनी परराष्ट्र मन्त्री हुने छन् ।बाँकी तीन मन्त्रालयका लागि दावेदार नेताहरु धेरै रहेको एक केन्द्रीय सदस्यले बताएका छन् ।
पौडेल
समूहबाट कोषाध्यक्षमा निवार्चित सीतादेवी यादवले पनि मन्त्रीमा दाबी गरेकी
छन् । मन्त्रीमा तपाईको पनि दाबी हो भन्ने अनलाइनखबरको प्रश्नमा यादवले यो
विषय पार्टीले निर्णय गर्ने र अहिले बैठक नै नबसेको भन्दै पन्छिइन् ।स्रोतका अनुसार पौडेल समूहले पाउने
मन्त्रीमा प्रकाशमान सिंह, डा. रामशरण महतले पनि आफ्नो कोटा खोजेका छन् ।
उपचारपछि आराम गरिरहेका महामन्त्री शशांक कोइरालाले दीपक गिरीको नाम
सिफारिस गरेका छन् ।पौडेल समूहका एक नेताका अनुसार दाबेदार धेरै भएकाले मन्त्री छनौट गर्न अहिले निकै सकस भइरहेको छ ।
No comments:
Post a Comment