२२ साउन, काठमाडौं । राप्रपा नेपाल र राप्रपाबीच साउन २५ गते पार्टी एकता घोषणा हुने भएको छ ।
एकतासम्वन्ध सम्झदारी पत्रमा दुई पत्रका अध्यक्षले शनिबार हस्ताक्षर
गरेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । दुई
पार्टीको वार्ता टोलीले तयार पारेको अवधारणा पत्र अनुसार पार्टी एकता हुन
लागेको उनले बताए ।
राप्रपा र राप्रपा नेपालबीचको एकतापछि पशुपतिशम्शेर राष्ट्रिय अध्यक्ष र कमल थापा अध्यक्ष हुने समझदारी भएको छ ।
No comments:
Post a Comment