महोत्तरी– महोत्तरीमा शुक्रबार एकै दिनमा डुबेर दुई बालिकाको मृत्यु
भएको छ। एकडारा बेला ४ स्थित कुलोमा एकडारा २ बस्ने मुतुर्जा अन्सारीकी
भान्जी सिस्वा कटैया ४ का असफाक अन्सारीको ५ वर्षीया छोरी उमिया खातुनको
डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
त्यस्तै नैन्ही ३ स्थित नहरको पानि बग्ने खाल्टोमा जमेको पानीमा सोही
ठाउँ घर भएका एमामुदिन अंसारीको ५ वर्षीया छोरीको डुबेर मृत्यु भएको
प्रहरीले जनाएको छ।
मृतक दुबै बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment