काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले छुट्टै भेला गरेर प्रचण्ड सरकारमा आफ्नो समूहलाई सम्मानजनक ठाउँ दिन पार्टी सभापतिसँग माग गरेका छन् ।पौडेलले बिहीबार आफ्नो समूहका केन्द्रीय सदस्य र सांसदहरुको भेला गरेका थिए । भेलामा सहभागी एक केन्द्रीय सदस्यअनुसार नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले सरकारबारे आफूसँग कुनै छलफल नगरेको गुनासो गरेका छन् ।प्रचण्ड सरकारमा कांग्रेसले कति र कुन मन्त्रालय पाउने अझै जानकारी नभएको उनले बताए ।सरकारमा आफ्नो समूहको सम्माजनक ठाउँ मागेको पौडेल समूहले पार्टीले लिने मन्त्रालयहरु तय भएपछि भागवण्डा गर्नु पर्ने बताएको छ ।एक नेताले भने, ‘पार्टीले लिने मन्त्रालय तय भएपछि त्यसको उचित बाँडफाँड हुनुपर्छ भन्ने हाम्रो मत हो ।’पौडेल समूहले पार्टीमा प्रकृति र पद्धतिबाट निर्णय गर्नसमेत पार्टी सभापतिलाई आग्रह गरेको छ ।यसअघि काठमाडौंमै भएको पौडेल समूहको भेलाले मन्त्रालयमा ६०-४० को भागबन्डा हुनुपर्ने माग गरेको थियो ।
No comments:
Post a Comment