Tuesday, August 9, 2016
नाम ब्रम्हचारी, काम गुठि जग्गाको माफिया गिरि
जनकपुरमा गुठि संस्थानको जग्गामा अवैध कब्जा जमाएर बसेका छन। एक जना भारतीय नागरिक ब्रम्हचारीको नाम लिएर कब्जा जमाएर बसे पनि वास्तवमा उनि भने गृहस्थ रहेका छन । गुठि संस्थान जनकपुरको जग्गामा अवैध कब्जा जमाएर बसेका मात्रै छैन गुठिको जग्गालाई आफनो पैतृक सम्पति ठानेर खरिद बिक्री समेत गर्न थालेका छन । कुनै समयमा आफनो पुर्वजलाई जग्गा संरक्षणको जिम्मेवारी पाएका उनिहरु अहिले त्यही जग्गालाई समाप्त पार्ने कार्यमा लिप्त रहेका छन ।
जनकपुरको पुरानो बस पार्कमा रहेको जग्गामा अहिले धामधम सटरहरु निमाण भईरहेको र भाडा लगाउने कार्य समेत भईरहेको छ । यस कार्यमा भुमाफिया पशुपति चैतन्य ब्रम्हचारी लागेका छन । सर्वसधारणलाई सो जग्गा आफनो भएको दावि गर्दै त्यहा उनले महल बनाएर भाडा लगाउने कार्य गरेका छन । यसको लागि निजले जिल्ला प्रशासन देखि गुठि संस्थानका प्रमुख सम्मलाई लाखौ रुपैया खुवाएको छ । अहिले प्रहरीहरु समेत ब्रम्हचारीको ईसारामा नाच्ने गरेको छ। पटक पटक गुठि संस्थानले गरेको पत्राचारबाट समेत सो जग्गामा ब्रम्हचारीको कुनैपनि प्रकारले अधिकार नरहेको भएपनि निजले अवैध रुपमा कब्जा जमाएर जग्गा खरिद बिक्री मात्रै गरेका छैन निजले आफुले नाला मिचेर भएपनि पुरानो बस पार्कमा सटर निर्माण गरेका छन । गुठि संस्थान जनकपुरले २०४६ सालमा पठाएको पत्रमा समेत सो जग्गा गुठि संस्थानको रहेको अन्य कुनैपनि व्यक्तिको भोग हक नरहेको जनाएको छ । त्यसैगरि २०५० सालमा गुठि संस्थानले जनकपुर गुठिलाई पठाएको पत्रमा दुर्गा चेतन्य ब्रम्हचारीले फलफुल लगाई फलफुल श्रीराम चन्द्रजीमा चढाउने बाकी बचेको साधु सन्तलाई बाटिदिने फुलवारीको तैनाथ निज ब्रम्हचारी दुर्गा चेतनलाई बक्सेको छ। पत्रमा निजले बेचबिखन गर्न पाउदैन भन्ने समेत उल्लेख रहेको छ। निज ब्रम्हचारी छोडि अन्त गएमा आयस्ता तालुक गरि राख्नु भन्ने उल्लेख भएको ,पुर्ण चेतन हाल परलोक भई सक्नु भएको र उहा जिवित रहदाको अवस्थामा पनि ब्रम्हचारी आश्रम त्यागी विवाह गरि गृहस्थाश्रम अगाली सकुन भएको भन्ने अवस्थामा त्यो जग्गा कुनेपनि व्यक्तिको नाउमा दर्ता वा नाम सारी भोक हक नलाग्ने उल्लेख गरिएको छ। तर ब्रम्हचारीको छोराहरु समेत विवाह गरेर आफनो घर परिवार चलाइएरहेको अवस्थामा समेत उनिहरुले आफनो पैतृक सम्पति झै जो जग्गामा कब्जा जमाएर बसेका छन । उनिहरु जग्गामा कब्जा जमाएर मात्रै बसेका छैनन खरिद बिक्री समेत गर्न थालेका छन । बस पार्कमा रहेको हनुमान मन्दिरको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको भएपनि ब्रम्हचारीहरुले मन्दिरको जग्गामा रजाई गर्न थालेका छन ।
स्थानिय युवा राकेश बिक्रम साहका अनुसार गुठिको जग्गा अतिक्रमण गरेर उनिहरु रजाई गरिरहेका छन । भारत र नेपाल दुवै देशको नागरिक रहेका ब्रम्हचारी जनकपुरको सम्पतिलाई बिक्री गरेर भारत पुर्याउने गरिएको छ। विगतमा गिरनारी कुटिमा संचालनमा रहेको वेद आश्रम र संस्कृत विद्यालयको जग्गामा समेत ब्रम्हचारीले हडपेका छन । गुठीको जग्गा कब्जा गर्ने पशुपति चैतन्यसँग भारत र नेपाल दुबै देशको नागरिकता रहेको समेत खुलेको छ । पशुपति चैतन्यका छोरा चन्दन चैतन्य व्रह्मचारीले समेत जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाली नागरिकता लिएको दाबी गरिएको छ ।
पशुपति चैतन्यले दोहोरो नागरिकता लिएर गुठीको जग्गा अवैध रुपमा कब्जा गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ । दर्ता गराइएको उजुरीमा उनी भारत विहार राज्य मुजफ्फरपुरको स्थायी वासिन्दा रहेको उल्लेख छ ।
भारतको विहार, मुजफ्फरपुरका स्थायीवासीन्दा पशुपति चैतन्यले नेपालको धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडानम्बर ६ बाट समेत नेपाली नागरिकता लिएका छन् । उक्त नेपाली नागरिकताको आधारमा उनले गिरनारी कुट्टीको जग्गा कब्जा गरेर बस्दै आएको उजुरीमा उल्लेख छ ।
पशुपति चैतन्यले दोहोरो नागरिकता लिएर गुठीको जग्गामा अवैध रुपले कब्जा गरेको उजुरीकर्ता स्थानीय राकेश विक्रम साहले बताए । विक्रम सम्वत् २०६६ कात्तिक ९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट चन्दनले प्राप्त गरेको नागरिकता नम्बर १७११०२१८०३ हो । चन्दनले खरिद गरेको भारतीय नम्बरको सवारी अनुमति पत्रमा उनको भारतीय ठेगाना मुजफ्फरपुर रहेको उल्लेख छ । २०६६ कार्तिक ९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट चन्दनले प्राप्त गरेको नागरिकता नम्बर १७११०२१८०३ रहेको जनाइएको छ । नेपाली नागरिकता समेत प्राप्त गरेका चन्दनले भारतको मुजफ्फरपुरबाट समेत सवारी अनुमति पत्र बनाएको उजुरीकर्ताको दावी छ । भारतबाट लिएको सवारी अनुमति पत्रको सवारी दर्ता किताबमा उनले आफ्नो ठेगाना भारतको मुजफ्फरपुर उल्लेख गरेको जनाइएको छ । नेपाली नागरिकता सम्बन्धी ऐन विपरित उनीहरुले दुई देशको नागरिकता प्राप्त गरी अवैध रुपमा गुठीको जमीन कब्जा गरेको उजुरीमा भनिएको छ । दोहरो नागरिकता बोकेका उनीहरुले धार्मिक महत्व बोकेको स्थानीय गिरनारी कुट्टीको जग्गा अवैध तरिकाले कब्जा गरेको स्थानीयहरुको भनाई छ । गुठीको जमीनमा अवैध रुपमा कब्जा गरेको भन्दै गत दुई वर्ष पूर्व वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले निर्माण गरिएका संरचनाहरु भत्काए पनि अहिले उनीहरुल ठोलो महल निर्माण गरेको स्थानीयहरुको आरोप छ । वृहत्तरले उक्त कुट्टीको छेउमा रहेको पोखरीको डिलमा निर्माण गरिएका अतिक्रमित संरचना भत्काएको थियो । वृहत्तरले अतिक्रमित जग्गा खाली गराए पनि आफ्नो पहुँच र शक्तिको बलमा उनीहरुले पुनः भौतिक संरचना निर्माण गरेको स्थानीयहरुको आरोप छ
नेपाली नागरिकतासम्बन्धी ऐन विपरीत दुई देशको नागरिकता लिएर जनकपुरमा अवैध रुपमा गुठीको जग्गा कब्जा गरे पनि स्थानीय प्रशासनले कारबाहीका लागि गम्भीरता नदेखाएको स्थानीयको गुनासो छ ।
दुई वर्ष अगाडि वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले निर्माण गरेको संरचना भत्काएर भारतीयले गुठीको जग्गा कब्जा गरेर ठूलो महज निर्माण गरेको स्टेशन एरिया युवा कमिटीमा महासचिव समेत रहेको युवा अभियान्ता प्रशान्त झाले बताए ।
ब्रम्हचारीको ईसारामा अहिले प्रशासन नाच्ने गरेको छ। सटरहरुको अवै भाडा समेत उठाउने गरिएको छ। निजका भाई श्याम भने जनकपुरमा संगठिन रुपमा जुवाको अडडा चलाउने गरेका छन। विगतमा जुवा खेलाउने गरिएको अवस्थामा पटक पटक पक्राउ समेत परिसकेका छन । तर निजले यस्तो कार्य रोक्न सकेको छेन । जनकपुरको गुठि संस्थानको जग्गाहरुमा अहिले यस्ते भारतीय नागरिकहरु पैसाको बलामा रजाई गर्न थालेका छन। गुठि संस्थानको निरिहता र अकमन्यताको कारणले गर्दा जनकपुरमा भुमाफियाहरु सक्रिय बन्दै गएका छन।
सिडिओ भन्छन– अनुसन्धान जारी छ
भारत र नेपाल सहित दुई देशको नागरिक रहेका ब्रम्हचारी परिवारलाई प्रमाण सहित उजुरी दिदा समेत स्थानिय प्रशासन उनिहरुलाई छुन समेत सकेको छैन । सानालाई ऐन ठुलालाई चैन भन्ने भनाई झै स्थानिय प्रशासन ब्रम्हचारी अगाडि नस्तमस्तक भएका छन। प्रमाण सहित निवेदन दिदा समेत कुनै कारवाही गर्न सकिएको छेन ।
स्थानीय प्रहरी प्रशासनको सहयोगमा भारतीय नागरिक पशुपति चैतन्य व्रह्मचारी अवैध रुपमा गुठीको जग्गा कब्जा गरेको स्थानीयहरुको आरोप छ ।
व्रह्मचारीको परिवारले नै दुई देशको नागरिकता लिएर गुठी अधीनको जग्गा अतिक्रमण गर्दासमेत स्थानीय प्रहरी प्रशासनले खासै चासो नराख्नु दुःखद रहेको युवा अभियन्ता राकेशविक्रम साहले बताए ।
यता, धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईंले दोहोरो नागरिकता लिएर गुठीको जग्गा कब्जा गर्नेमाथि अनुसन्धान भइरहेको बताएका छन् । अनुसन्धानबाट दोषी देखिए कानुनवमोजिम कारवाही गर्ने उनले बताए ।
जनकपुरका युवाहरु संगठित रुपमा नै ब्रम्हचारीको जग्गा अतिक्रमण अभियानको विरुद्धमा अभिायन लचाय पनि प्रहरीको बलमा त्यो आन्दोलनलाई विथोल्ने कार्य गरिएको छ। प्रहरी र प्रशासनलाई रकम खुवाए अहिले यस्तो क्रियाकलापहरु हुने गरिएको छ। भारतीय नागरिक पशुपति चैतन्य व्रह्मचारीले दोहोरो नागरिकता लिई गुठीको जग्गा बेचबिखन गर्ने दाउँमा रहेको भन्दै स्थानीय युवाहरुले कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
व्रह्मचारीविरुद्ध मुद्दा दर्ता हुँदा पनि आवश्यक कारवाही नहुँदा युवाहरुले स्वतःस्फूर्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
बदनाम बन्दै एसपी र डिएसपी
जनकपुरको पुरानो बस पार्क नजिकको जग्गामा ब्रम्हचारीले बनाएको घरको सटर खाली गराउने क्रममा स्थानिय प्रशासनले देखाएको रवैयाको सबै तिर आलोचना हुन थालेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रामदत्त जोशी र प्रहरी नायव उपरिक्षक नकुल पोखरेलले खेलेको भुमिका अहिले आचालोनाको विषय भएको छ। प्रहरीको निर्देशनमा जसरी प्रहरीलाई परिचालन गराएर विना सुचनाको घर खाली गराउने र अधिकार नै नरहेको व्यक्रिहरुको निर्देशनमा कार्य गर्ने प्रहरीले जबजस्ती जुन रुपमा प्रस्तुत भए त्यसले दुवै जनाको छविलाई घुमिल बनाएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment