महाधिवेशन लम्बिएसंगै नेपाली कंग्रेसको
भ्रातृसंगठन नेविसंघको निर्वाचन कार्यतालिका प्रभावित भएको छ । निर्वाचन
प्रक्रिया आज शुरु हुने भनिएपनि महाधिवेशनमा मतदाता सुचि विवाद निस्किएपछि
निर्वाचन प्रक्रिया ढिलाई भएको हो ।
यद्यपी पार्टीको निर्देशक समितिले गएराती अबेर सो विवाद मिलाएको छ । मतदाता
नामावालीमा दखिएको विवाद गएरातीबाट समाधान भएपछि आज मतदाताको अन्तिम
नामावली प्रकाशन गरिने र भोलीबाट निर्वाचन प्रक्रिया शुरु हुने नेविसंघले
जनाएको छ ।
यसअघी ३३ सय को हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको बताइए पनि विवाद
भएपछि निर्देशक समिति बैठकले मतदाताको सुचि ३५ सयको हाराहारीमा पुर्याएको छ
।
प्रतिनीधिको सुचिमा सहमति भएसंगै निर्वाचन समितिले आज मतदाताको अन्तिम
नामावली सार्वजनिक गर्ने र भोलीबाट निर्वाचन प्रक्रिया शुरु हुने बताईएको छ
।
No comments:
Post a Comment