सिराहा–संविधान सभा निर्वाचनमा विजयी भएका सांसद पुष्पकमल दाहाल देशको
प्रधानमन्त्री बनेपछि सिराहामा दीपावली गरिएको छ। माओवादी केन्द्रका
अध्यक्ष दाहाल सिराहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए।मिर्चैयाबासीले मतदान गरेर सांसद बनेका दाहाल प्रधानमन्त्री निर्वाचित
भएको भन्दै उनीहरुले दीपावली र पटाका पड्काएर खुसियाली मनाएका छन्।
मिर्चैयाको कटारी चोकमा बुधबार बेलुका जुटेर दीपावली गरिएको र स्थानीयले
मधेसका माग पूरा हुने अपेक्षा समेत आशा गरेका उद्योग बाणिज्य संघ सिराहाका
वरिष्ठ उपाध्यक्ष अशोक कुमार शाहाले बताए।
दाहालले एमालेका लिलानाथ श्रेष्ठलाई संविधान सभा निर्वाचनमा पराजित गरेका थिए।
No comments:
Post a Comment