Tuesday, August 9, 2016

प्रधानमन्त्री प्रचण्डले भने–महङ्गी र कालोबजारी रोक्न निर्देशन दिएको छु



प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटार गएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले मधेस तथा जनजातिको मुद्दालाई अधिकतम सहमति कायम गरी राष्ट्रलाई एकताबद्ध गर्ने बताउँदै देशमा विद्यमान समस्याको छिट्टै समाधान खोजिने बताउनुभयो
उहाँले मुलुकमा प्राप्त भएका उपलब्धिलाई संरक्षण गर्न स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनको खाँचो औँल्याउँदै त्यसका लागि सबैको सहयोगको अपेक्षा राख्नुभयो पुनःनिर्माणको कार्य ढिलो भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले सरकारले त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउन तथा भूकम्पबाट पीडित जनतालाई राहत उपलब्ध गराउन ४५ दिनभित्र जनतामा पु¥याउन सचिवलाई निर्देशन दिएको जानकारी गराउनुभयो
छिट्टै सरकारले पूर्णता पाउने आर्थिक विकासका नयाँ आयोजना सञ्चालन गरिने बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो–“महँगी बढेको , बजार अनियन्त्रित , मूल्यवृद्धि रोक्ने कालाबजारीलाई दण्डित गर्ने कार्य गरिनेछ
रिपोर्टर्स क्लबको देशव्यापीरुपमा संरचना भएको, यसले जनताको हितमा परिवर्तनका पक्षमा भूमिका खेलेको स्मरण गर्दै न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने दृढता पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो


No comments:

Post a Comment