३ बुँदे सहमति कार्यान्वयनका बिषयमा सरकार र
मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच अहिले बार्ता भइरहेको छ । सानो आकारको
मन्त्रिपरिषद् बिस्तार गरेको भोली पल्टै प्रधानमन्त्री पुष्पकमल दाहालले
मधेसी मोर्चासहितको गठवन्धनसंग सहमति कार्यान्वयनवारे छलफल गर्न बैठक
बोलाउनुभएको हो ।
सपथ लिएको भोलीपल्टै प्रधानमन्त्रीले मधेसको मुद्धा सम्वोधनमा देखाएको
चासोले बिश्वासको वातावरण बनेको भन्दै गठवन्धन नेताहरु खुसी हुँदै वार्तामा
पुगेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा मधेसको
मुद्धा सम्वोधनमा सरकारकातर्फबाट गरिने निर्णयवारे छलफल केन्द्रित भएको
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
संघीय गठवन्धनले मधेस आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा,
घाइतेहरुको उपचार तथा क्षतिपूर्ति, झुठा मुद्धा फिर्ता लगायत माग सरकारले
तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए । संविधान कार्यान्वयनको बिषय
प्रक्रियागत रुपमा हुने भएपनि तत्काल गर्न सकिने बिषयलाई मन्त्रिपरिषद्को
पहिलो वा दोस्रो बैठकबाटै सम्वोधन गरिनुपर्ने माग गठवन्धनले उठाउदै आएको
थियो ।
३ बुँदे सहमतिमा आन्दोलनरत पक्षबाट हस्ताक्षर गरेका ८ दलका नेताहरुलाई
उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले गएराती ११ बजे टेलिफोन गरि
बैठकमा आउन खवर गर्नुभएको थियो । सरकारले गरेका सहमति कार्यान्वयनमा ढिलाई
भएको सन्देश नजाओस भनेर सरकार गठन भएको अर्काे दिन नै मधेसी मोर्चासहितको
गठवन्धनलाई बार्तामा बोलाइएको एक मन्त्रीले बताए ।
मधेसको समस्या समाधानमा अग्रणी भूमिका खेल्न सके मधेस राजनीतिमा जस पाइने
बुझेर उपप्रधान तथा गृहमन्त्री निधीले आन्दोलनरत पक्षलाई मिलाउन बिशेष पहल
शुरु गर्नुभएको उहाँका निकटवर्तीहरुले बताएका छन् ।
मन्त्री निधीले अव बस्ने मन्त्रिपरिषद् बैठकबाटै मधेस आन्दोलनमा घाइते
भएकाहरुको उपचार खर्च बापतको ६ करोड रुपैयाँ समेत निकासाको निर्णय गराउने
आश्वासन मधेसी नेताहरुलाई दिइसकेको स्रोतको दावी छ ।
No comments:
Post a Comment