सभापति
शेरबाहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने केही मन्त्री
चयनका लागि प्रभावशाली केन्द्रीय सदस्य र पदाधिकारीको बैठक बोलाएका छन् ।बिहान बस्ने बैठकले प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट नेतृत्व गर्ने नेताको टुंगो लगाउने भएको छ ।सरकारको नेतृत्वका लागि नयाँ गठबन्धन
निर्माणका लागि कांग्रेसबाट सक्रिय र नेतृत्वदायी भूमिका खेलेका विमलेन्द्र
निधि मुख्य दाबेदार हुन् ।उनका साथै गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले पनि सरकाको नेतृत्व दावी गर्दै आएका छन् ।कांग्रेसबाट सरकारको नेतृत्व गर्ने तीव्र
इच्छा व्यक्त गरेका नेता निधिलाई पार्टी उपसभापति वा उपप्रधानमन्त्रीमध्ये
एक पद रोज्न दबाब परेको छ ।कांग्रेसले गृह, रक्षा, परराष्ट्र लगातयका १३ मन्त्रालय लिने समझदारी भएको जनाइएको छ ।
No comments:
Post a Comment