कांग्रेस, माओवादी र मधेसी मोर्चासहित संघीय गठबन्धनबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर हुने भएको छ।नयाँ सरकारको गठन प्रक्रियामा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मतदान
गर्नुअघि मोर्चा र गठबन्धनका नेताहरुसँग कांग्रेस र माओवादीका नेताहरुले
गरेको बैठक पछि तीन बुँदे सहमति पत्रमा हस्ताक्षर हुन लागेको सदभावना
पार्टी नेता लक्ष्मणलाल कर्णले बताए।‘सरकार निर्माणमा समर्थन जनाउनु अघि हामीले राखेका विषयमा दुई दलले सम्बोधन
गर्नका लागि देखाएको प्रतिबद्धता अनुरुप पक्षमा मतदान गर्ने सहमति पनि
भएको छ’, उनले भने,‘ सहमतिको मस्यौदामा अबको केही बेरमा तीन पक्षका
नेताहरुले हस्ताक्षर गर्दै हुनुहुन्छ।’सहमति पत्रको खाकामा मंगलबार तय गरिएकै तीन बुँदा रहेको पनि उनले बताए।
मंगलबार साँझ हस्ताक्षर गर्ने भनिए पनि केही पदावलीको कारण उत्पन्न
समस्याका कारण तीन पक्षका नेताहरु बिना सहमति बैठकबाट बाहिरिएका थिए।
No comments:
Post a Comment