नेविसंघको
प्रतिनिधि विवाद मिलेको छ । नेविसंघको विवाद मिलाउनका लागि बनेको प्रकाशरण
महत नेतृत्वको निर्देशन समितिले विवाद टुंग्याएको हो । विवाद टुगिएसँगै
अवरुद्ध महाधिवेसन प्रकृया पनि अब अगाडी बढ्ने भएको छ ।
नेविसंघका प्रवक्ता यूपि लामिछानेका अनुसार विवाद मिलेसँगै आज दिउँसोबाट बन्दसत्र पनि सुरु हुने छ । '१२ बजेदेखि बन्दसत्र सुरु भनिएको हो । केही प्राविधिक पक्ष मिलाउँदा थोरै ढिला हुनसक्छ,' उनले भने, 'आजबाट निर्वाचनको प्रकृया पनि सुरु हुन्छ ।'
प्रवक्ता लामिछानेका अनुसार प्रतिनिधि विवाद मिलेर महाधिवेसन प्रकृया अगाडी बढेसँगै आजै अनसन बसिरहेका कृष्ण सिटौला पक्ष र महेन्द्र शर्मा पक्षको अनसन अन्त्य गर्न आग्रह गरिने छ ।
बजेट पनि सकियो, बुकिङ पनि सकियो
विवादकै कारण महाधिवेसन लम्बिएपछि तीन दिनका लागि भनि बुकिङ गरिएको भृकुटीमण्डपलाई थप तीन दिनका लागि बुकिङ गर्नुपर्ने देखिएको छ ।
प्रवक्ता लामिछानेका अनुसार महाधिवेसन सकिन अजै तीन दिन लाग्ने छ । 'महाधिवेसन सकिन अजै तीन दिन लाग्छ । यहाँको बुकिङको समय सकियो,' उनले भने, 'एकदिन महाधिवेसन बढी हुँदा ४० देखि ५० लाख रुपैयाँ बढी लाग्छ । त्यो व्यवस्थापन गर्न केही समस्या हुने देखिन्छ ।'
विवादको कारण
विवादको मुख्य चुरो विधिवत् महाधिवेशन नभईकनै भागबन्डाका आधारमा छनोट भएका ११ जिल्लाका प्रतिनिधिको विषय बनेको छ । नेविसंघ अध्यक्ष रञ्जित कर्ण र ऋषिकेशजंग शाह समूहबीच अधिवेशन नभएका ११ जिल्ला र स्ववियु निर्वाचन नभएका क्याम्पसमा भागबन्डाका आधारमा प्रतिनिधि छनोट भएको थियो । कर्ण पौडेल पक्ष र शाह देउवा पक्षीय हुन् ।
सिटौला पक्ष यी दुई पक्ष (देउवा र पौडेल) बीच भागबन्डाको आधारमा आएका प्रतिनिधिलाई मान्यता दिन नहुने पक्षमा थिए । विधिवत् महाधिवेशनबाट प्रतिनिधि छनोट गर्नुपर्ने माग राख्दै आमरण अनशन बसेका सिटौला पक्षीय विद्यार्थी नेताहरूले आफूहरूलाई ३३ प्रतिशत हिस्सा दिइनुपर्ने माग राखेका थिए ।
विधिवत् महाधिवेशनकै माग राख्दै पौडेलनिकट नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा पक्षका विद्यार्थी पनि आमरण अनशनमा छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा मंगलबार दिनभरजसो नाराजुलुस चलेको थियो । बन्दसत्र तत्काल सुरु गर्न माग राख्दै विद्यार्थीले नाराजुलुस गरेका थिए ।
सभापति आकांक्षीहरूले भने आ-आफ्नो पक्षमा माहोल बनाउनका लागि पनि जुलुस निकालेका थिए । सभापतिका आकांक्षी क्षितिज भण्डारी र कुन्दन काफ्लेको समूहबीच केहीछिन तनावको स्थिति भएको थियो । काफ्ले नेतृत्वको विद्यार्थी समूहले बन्दसत्र सुरु गर्न माग राख्दै भृकुटीमण्डप भित्र छिर्ने प्रयास गर्दा प्रहरीसँग पनि केहीबेर झडप भएको थियो ।
११ जिल्ला र क्याम्पसका समेत गरी करिब एक हजार प्रतिनिधिमा विवाद देखिएको छ । यी प्रतिनिधि नै निर्णायक बन्न सक्ने भएकाले पार्टीभित्रको तीनै पक्ष यसलाई आफूतिर तान्ने कसरतमा लागेका हुन् । समझदारीका लागि सभापति देउवाले आफ्नो, पौडेल र सिटौला पक्षलाई ३०/३० प्रतिशत र महेन्द्र शर्मा समूहलाई १० प्रतिशत दिने प्रस्ताव गरेका थिए ।

No comments:
Post a Comment