Wednesday, August 10, 2016

संघीय गठबन्धनले भन्यो,‘ स्थानीय तहको काम रोक’

काठमाडौ, २७ साउन   मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तह पुनर्संरचनाको कामकारबाही रोक्न सरकारलाई आग्रह गरेको छ।
बुधबार बसेको बैठकले स्थानीय तहको संख्या तथा सीमा निर्धारण आयोगले स्थानीयस्तरमा गरिरहेको छलफल रोक्न दबाब दिने निर्णय गरेको हो। राजनीतिक सहमतिपछि मात्र गाउँपालिका नगरपालिको सीमा निर्धारणको काम अगाडि बढाउनुपर्ने गठबन्धनको निष्कर्ष छ।
गठबन्धनले सरकार गठन भएको एक साताभित्र गर्ने भनिएका काम गर्न सरकारसँग सहकार्यको निर्णय पनि गरेको छ। सरकारले गृह मन्त्रालयमार्फत आन्दोलनका घाइते, मृतकको संख्या संकलन गरिरहेको भए पनि ढिलाइ हुन सक्ने भएकाले सहकार्यको निर्णय भएको गठबन्धनका नेता केशव झाले जानकारी दिए।
मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग पुरा हुन बाँकी छ।
गठबन्धनको वैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो संघीय सदभावनाका अनिल झा वैठकमा अनुपस्थित भएका छन्। उनीहरुसँग छलफल गरी वैठक मिति तय भएको थियो। वैठकबाटै नेताहरुले फोन गर्दा आउने भनेर उनीहरु अन्तिमसम्म पनि पुगेनन्।

काठमाडौ, २७ साउन ।  मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तह पुनर्संरचनाको कामकारबाही रोक्न सरकारलाई आग्रह गरेको छ।
बुधबार बसेको बैठकले स्थानीय तहको संख्या तथा सीमा निर्धारण आयोगले स्थानीयस्तरमा गरिरहेको छलफल रोक्न दबाब दिने निर्णय गरेको हो। राजनीतिक सहमतिपछि मात्र गाउँपालिका र नगरपालिको सीमा निर्धारणको काम अगाडि बढाउनुपर्ने गठबन्धनको निष्कर्ष छ।
गठबन्धनले सरकार गठन भएको एक साताभित्र गर्ने भनिएका काम गर्न सरकारसँग सहकार्यको निर्णय पनि गरेको छ। सरकारले गृह मन्त्रालयमार्फत आन्दोलनका घाइते, मृतकको संख्या संकलन गरिरहेको भए पनि ढिलाइ हुन सक्ने भएकाले सहकार्यको निर्णय भएको गठबन्धनका नेता केशव झाले जानकारी दिए।
मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग पुरा हुन बाँकी छ।
गठबन्धनको वैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय सदभावनाका अनिल झा वैठकमा अनुपस्थित भएका छन्। उनीहरुसँग छलफल गरी वैठक मिति तय भएको थियो। वैठकबाटै नेताहरुले फोन गर्दा आउने भनेर उनीहरु अन्तिमसम्म पनि पुगेनन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
- See more at: http://www.sambadmedia.com/?p=279081#sthash.NbP9lOjA.dpuf

No comments:

Post a Comment