Thursday, August 4, 2016

बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई एक लाख दिने मन्त्रिपरिषदको निर्णय



सरकारले मुलुकका बिभिन्न स्थानमा गएको बाढिपहिरोबाट ज्यान गुमाएका परिवारलाई एकलाख राहत दिने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारलाई राहत स्वरुप एक लाख दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले सहिद वेपत्ताका बिषयमा विगतका सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सरकार गठनका लागि सहयोग गर्ने सबै दललाई धन्यवाद दिने निर्णय पनि गरेको छ भने मन्त्रिपरिषद्को प्रवक्तामा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई तोक्ने निर्णय पनि गरेको छ ।
बैठकमा भारत, चीन र अमेरिकाबाट प्राप्त शुभकामनाका पत्रहरु पढेर सुनाइएको थियो । भारतले प्रधानमन्त्रीलाई  औपचारिक भ्रमणका लागि निम्तो समेत दिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।


No comments:

Post a Comment