Thursday, August 4, 2016

मन्त्री छान्न नसक्दा काँग्रेस र माओवादी केन्द्र बिहानैबाट छलफलमा



सत्तागठबन्धनका प्रमुख दल नेपाली कांग्रेस माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको
आज पनि बिहानैदेखि मन्त्री छान्न दुईदलका नेताहरु छलफलमा जुट्ने भएका छन् दलभित्र मन्त्रीका आकांक्षीहरु धेरै देखिएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठ्यारोमा पर्नु भएको माओवादीका कुरा नमिलेका कारण नै हिजो जनार्दन शर्मा राम कार्कीको सपथ रोकिएको थियो
माओवादीले मन्त्रालय पाएपनि मन्त्री बन्ने चाहना राख्ने आकांक्षीको संख्या दर्जनभन्दा बढी रहेको पहिला मन्त्री भएकालाई दोहो¥याउने वा नयाँ नाम पठाउने भन्नेमा विवाद मन्त्रीका विषयमा टुङ्गो लगाउन आज पनि हेडक्वार्टरको बैठक बस्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको
नेपाली कांग्रेसमा पनि मन्त्री छान्न ठूलो विवाद देखिएको हिजो चारजनालाई मन्त्री पठाउन चाहेपनि दुई जनाले मात्रै सपथ लिएका छन् कांग्रेस नेता अर्जुननरसिंह केसी आफूले खोजेको जस्तो मन्त्रालय नपाएपछि सपथ लिनु भएन नेता रामचन्दै पौडेल आफुखुसी मन्त्री छानेको भन्दै असन्तुष्ट बन्नु भएको
कांग्रेसले १३ मन्त्रालय पाएकोमा पार्टीभित्र पनि गुटगत भागबण्डा गर्नुपर्ने देखिएको   पौडेल पक्षले न्यूनतम मन्त्रालय अर्थात ४० प्रतिशतको हिस्सा माग गरेको देउवा मन्त्रालयमात्रै दिने पक्षमा देखिनु भएको
कांग्रेसको भागमा गृहसहित, रक्षा, परराष्ट्र, शिक्षा, स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, शान्ति खानेपानी तथा पर्यटन मन्त्रालय परेका छन् भने माओवादीले प्रधानमन्त्री सहित, अर्थ, सूचना तथा सञ्चार, युवा तथा खेलकुद, वन, ऊर्जा, कानुन सहकारी मन्त्रालय राख्ने भएको

No comments:

Post a Comment