Monday, August 1, 2016

पिरियडमा सेक्स कति उचित, कति अनुचित ?



नातेदारहरु कुराकुरामाखुसीको खबर कहिले दिँदैछौ?’ भन्ने प्रश्न सोध्नु आम कुरा हो यसको आशय सन्तान कहिले जन्माउँदैछौ भन्ने हो तर, यही खुसीको खबरका लागि भगवानले महिलाको शरीरमा जुन सिस्टम बनाएको , त्यस विषयमा कुरा गर्न प्रतिबन्ध यही कारण हो कित्यो समयका बारेमा कयौ गलत धारणा
कपाल नधुनु
सामान्यतः किशोरीहरुलाई पिरियडको पहिलो दुई दिन कपाल ननुहाउन भन्ने गरिन्छ यो सल्लाहको कुनै आधार भने छैन यसविपरीत तातो पानीले नुहाउँदा पिरियड्समा दुखाईबाट राहत मिल्ने गर्दछ
नुहाउन पनि रोक
जुन जमानामा यो नियम बन्यो होला, त्यतिबेला अहिलेजस्तो बाथरुप शायदै हुन्थे होलान् जुन नहरबाट पिउने पानी ल्याउने गरिन्थ्यो, त्यही नुहाए दुषित हुन सक्थ्यो तर, अहिले महिलाहरुलाई नुहाउन कुनै समस्या , कुनै बाधा तैपनि त्यही पूरानो नियम पछ्याउने परम्परा कायमै छ।
बोटविरुवा छुन नदिनु
चार दिनका लागि महिलाहरुलाई शैतान समान व्यवहार गरिन्छ कुनै विरुवा छुन नहुनेदेखि अनेक नियम बनाइएको छ। तुलसी वा अन्य कुनै विरुवा पिरियडको अवस्थामा महिलाले दिने पानीले पक्कै पनि मरेको देखिएको छैन
अचार छुन नहुने
यो त्यही अवस्था हो, जुन एउटा बच्चालाई डराउन गरिन्छ बालबालिकालाई डर देखाउन आमाबाबुले भूतको आउनेसम्म भन्ने गर्दछन् पिरियड्सका क्रममा हार्मोन बढी सक्रिय हुन्छ मसलादार खाना खाँदा उनीहरुको सन्तुलन गडबड हुन सक्छ तर, अचारलाई तपाईबाट कुनै खतरा छैन
पापडदेखि टाढै रहनु
जसले तपाईलाई यस्तो सल्लाह दिने गर्दछन्, त्यस्तालाई एउटा टेस्ट गरेर देखाई दिनुस् बच्चालाई लिन कुनै भूत आउनेछ, तपाईले पिरियडका बेला छोएर पापडको रंग नै परिवर्तन हुनेछ
सेक्स गर्दै नगर्नू
पिरियड्सको सुरुवाती दिनमा शरीरमा कमजोरी महशुस हुने गर्दछ त्यसैले आराम गर्नु आवश्यक छ। यो गर, त्यो नगर भन्नुले एउटै कुरा बुझ्न सकिन्छ कि आराम गर तर, यसक्रममा सेक्स गर्दा पार्टनरको पुरुषत्व नै गम्नेसम्मको तर्क मुर्खहरुले मात्र गर्ने तर्क हो
भान्साभन्दा बाहिर
जुन परिवार ठुलो , त्यस्ता परिवारमा यो चलन अहिले पनि छ। तर, जहाँ श्रीमान श्रीमती मात्र छन्, त्यहाँ यसको कसैले परवाह गर्दैन त्यसो भए पिरियडको अवस्थामा महिला भान्सामा जाँदा सानो परिवारको खाना दुषित नहुने तर ठुलो परिवारको खाना दुषित हुने कसरी सम्भव ?
घरबाहिरै राख्नु
यो झन अलग्गै स्तर हो जतिबेला महिलालाई आफ्नो ओछ्यान कोठामा सुत्नसमेन दिइँदैछ यसबाट एउटा फाइदा भने हुन सक्छ कि राति गल्तीबस ओछ्यानमा दाग नलागोस् तन्ना धुन नपरोस् तर, महिलालाई जुन पीडा हुनेछ, त्यसको भर्पाई कस्ले गर्छ ?
मन्दिर प्रवेश
जब पहिलोपटक किशोरीहरुले पिरियड महशुस गर्दछन् तब अधिकांश आमाहरुको सबैभन्दा पहिलो सुझाव यही हुन्छ कि मन्दिर प्रवेश नगर तर, विश्वमा यस्ता पनि मन्दिर जहाँ देवीको पिरियड अवस्थाको पूजा गर्ने गरिन्छ भारतको महाराष्ट्रमा पहिलो पिरियड्समा पूजा हुन्छ यदि पहिलोपटक पवित्र हुने भए त्यसपछिको त्यही अवस्था किन अपवित्र ?
जादु टुनावाला रगत
पिरियड्सको रगत रगत मात्र हो तर, त्यसलाई यति धेरै खतरनाक मान्ने गरिएको कि त्यसबाट कालो जादु पनि गर्न सकिने बताइन्छ तपाईलाई पनि लाग्छ कि यस्तो छेउ टुप्पोको कुरा गाउँघरमा बस्नेले मात्र गर्दछन् त्यसो होइन, भारतीय अभिनेत्री कंगना राणावतका पढेलेखेका ब्वायफ्रेण्डले पनि यस्तै कुरा गरेका थिए ।एजेन्सी







No comments:

Post a Comment