Monday, August 1, 2016

पौडेल पक्षले माग्यो मन्त्रिमण्डलमा ६०/४० भागबन्डा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकारमा सहभागी हुने सहमति जनाएका नेपाली कांग्रेसले आफ्नो तर्फबाट मन्त्रिमण्डलमा पठाउने अन्तिम तयारी गरिरहेको छ।
पौडेल पक्षको मंगलबार अनामनगरमा बसेको भेलाले पहिलेकै अनुसार ६०/४० भागबण्डामा आफूहरूले सीट पाउनुपर्ने माग गरेका छन्।
रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, सीतादेवि यादवसहितको भेलामा पौडेल पक्षका अधिकांश केन्द्रीय सदस्यको उपस्थिति थियो।
भेलाले मन्त्रिमण्डलमा जाने नेताहरूको मापदण्ड तोक्न केन्द्रीय समितिको बैठक बोलाउन समेत माग गरेको भेलामा सहभागी एक नेताले सेतोपाटीलाई बताए।
यद्यपी कांग्रेसका तर्फबाट सरकारमा जाने र को–को मन्त्री हुने भन्ने टुंगो लाग्न सकेको छैन।
एक नेताका अनुसार पार्टीभित्र गुट र उपगुटको नेतृत्व गर्दै ‘शक्ति केन्द्र’का रुपमा स्थापित नेताहरुलाई मन्त्री संख्या भागबन्डा गरिदिए पनि कुन–कुन मन्त्रालय भन्ने प्रश्न देउवाले सामना गरिरहनुपरेको छ।

No comments:

Post a Comment