Tuesday, August 16, 2016

सिंघानिया हत्याका अभियुक्त यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

धनुषाः सञ्चार उद्यमी अरुण सिंघानियाको हत्याका प्रमुख योजनाकार विनोद यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत धनुषामा आफै उपस्थित भएर आतमसमर्पण गरेका यादवलाई अनुसन्धानका लागि पुर्पक्षमा राख्न अदालतले मंगलबार आदेश दिएको हो। यादवलाई पुर्पक्षका लागि जलेश्वरस्थित जेलमा थुनामा राख्न प्रहरीलाई आदेश दिएको हो।
सिंघानियाको हत्याका प्रमुख योजनाकार यादव मंगलबार जिल्ला अदालत धनुषासमक्ष आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए। सिंघानियाको हत्या लगत्तै फरार रहेका यादवलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेर खोजी गरिरहेको थियो।
मूख्य योजनाकार यादव सिंघानियाको हत्या भएको तीन वर्षपछि आफै अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।
आठ वर्षदेखि फरार यादव अदालतमा एकाएक हाजिर भएपछि सबैतिर चर्चाको विषय बनेको छ । धनुषा जिल्ला अदालतको इजलास नं. ५ मा उनी हाजिर भएका छन् । अहिले अदालतमा बहस चलिरहेको छ । यादव लामो समयदेखि पक्राउ नपरेपछि सिंघानिया हत्याकाण्डको पूर्ण रुपमा तथ्य खुलेको थिएन ।
जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको वि.स. २०६६ फागुन १७ गते होली पर्वको दिन जनकपुरको शिवचोकमा गोली प्रहार गरी  हत्या भएको थियो ।
गएको वैशाख १४ गते धनुषा जिल्ला अदालतले सिंघानिया हत्याकाण्डमा संलग्न रहेको आरोपमा  तीन जना अभियुक्तलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । भने अन्य तीन जना अभियुक्तलाई धरौटी राखी साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सिंघानिया हत्याको मुख्य योजनाकार रहेको अभियोग लागेका धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित एवं निलम्बित सांसद संजय कुमार साह पूर्वपक्षका लागि थुनामा रहेका छन् ।
त्यस्तै सिंघानिया हत्याको सुटर एवं हतियार व्यवस्थापनको अभियोग लागेका सशस्त्र गतिविधि गर्दै आएका कथित जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप र  सोहि घटनामा संलग्न रहेको अभियोगमा एकलाल सहनी समेत थुनामा छन् ।
सिंघानिया हत्या घट्नामा संलग्न भनिएका मुकेश चौधरीलाई यस घटनामा २० रुपैँया धरौटीमा रिहा गर्न आदालत आदेश दिएको छ । चौधरी वि.स. २०६९ बैशाख १८ गते जनकपुरको रामानन्दचोकमा पाँच जनाको ज्यान जाने गरी भएको बमकाण्डको मुख्य अभियुक्तको रुपमा पक्राउ परी थुनामै रहेका छन् ।  
यस्तै सिंघानिया हत्यामै संलग्न रही फरार रहेका रामविनोद यादव, पवन लामा, मनक लामा र विजय कुशियैतलाई समेत कानुन अनुसार वारेन्ट सहितको पूर्जी जारी गर्न आदेश दिइसकेको छ ।
हत्यामा संलग्न मुख्य सुटर गएको जेठ महिनामा पक्राउ परी थुनामा छन् । गएको चैत १७ गते सिंघानिया हत्या पश्चात फरार रही सशस्त्र गतिविधि गर्दै आएका चन्द्रदीप यादव पक्राउ परेपछि प्रहरीले अनुसन्धान तिव्र रुपमा बढाएको थियो । 
उनीहरुको बयानको आधारमा प्रहरीले चैत २४ गते थुनामै रहेका सदभावना पार्टीका उपाध्यक्षसमेत रहेको संजय साह नै सिंघानिया हत्याकाण्डको मुख्य योजनाकार भएको भन्दै मुद्दा दायर गरेको थियो । त्यही बेलादेखि अदालतमा अरुण सिंघानिया हत्याकाण्डको विषयमा निरन्तर वयान चल्दै आएको थियो ।  
रामविनोद यादव अदालतमा हाजिर भएपछि फेरी जनकपुरमा अरुण सिंहानिया हत्याकाण्ड चर्चामा आएको छ । रामविनोद यादव संजय साहका निकटतम व्यक्ति मानिन्छन् ।

No comments:

Post a Comment