Saturday, August 13, 2016
ओलीले दिए भिषण आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन
काठमाडौ, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुनै पनि समय भिषण आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार अवस्थामा बस्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेकपा (एमाले) पार्टी स्कूल बिभागद्धारा सञ्चालीत अनेरास्वियूलाई दिइएको प्रशिक्षण कार्यक्रमको शनिबार काठमाडौमा समापन गर्दै अध्यक्ष ओलीले मुद्धाका विषयमा वहस भईरहेको भन्दै जुनसुकै परिस्थितको पनि सामना गर्न तयार रहन निर्देशन दिनुभएको हो । उहाँले राजनीतिलाई दायाँबायाँ भड्किन नदिनका लागि सचेत अवस्थमा बस्नुपर्ने भन्दै भिषण आन्दोलन समेत गर्नुपर्ने अवस्था आउने बताउनुभयो । ७४ माघ सातभित्र हुने विभिन्न निर्वाचनको तयारी पनि अहिलेदेखिनै गर्नुपर्ने ओलीको भनाई छ । निर्वतमान प्रधानमन्त्री समेत रहनुभएका ओलीले आगामी १०–२० बर्षसम्म पनि आफ्नो सरकारले ल्याएको विकासको मार्गचित्रमा नै मुलुक हिड्नुपर्ने दाबी समेत गर्नुभयो । एमालेको भातृसंगठन अरु भन्दा बलियो र मजबुद हुनुपर्ने भन्दै ओलीले समयमा नै अधिवेशन गर्दै संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमालेका अन्य नेताहरुले मुलुकको विकासमा बिद्यार्थीहरुको भूमिका अपरिहार्य रहेको धारणा राखेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment