उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा
आज चीन जाँदै हुनुहुन्छ ।
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय
वातावरण तयार पार्न तथा चिनियाँ पक्षलाई भ्रमणबारे आश्वस्त पार्न
प्रधानमन्त्रीको विशेष दूतका रुपमा अर्थमन्त्री महरा आज चीन जान लाग्नुभएको
हो । परराष्ट्र मन्त्रालयका सहसचिव भविन्द्र अर्याल सहितलाई सहभागी गराएर
महरा विहान ११ वजे चीन प्रस्थान गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।
चीनमा रहँदा महराले नेपाल चीन सम्पुर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको
नेपाल भ्रमणका सम्वन्धमा केन्द्रीत रहेर त्यहाँका उच्च अधिकारीहरुसंग छलफल
गर्नुहुने परराष्ट्रसचिव शंकरदास वैरागीले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक
निमन्त्रणा समकक्षीका लागि महराले चीन सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम
रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
No comments:
Post a Comment