Thursday, August 4, 2016

मधुश्रावणी पर्व आज सकिदै




जनकपुर
मिथिलाकी नारीहरुले उल्लास एवम श्रद्धापूर्वक मनाउने मधुश्रावणी पर्व शुक्रबार सम्पन्न हुने भएको  छ। यस क्षेत्रमा बसोबास गर्ने मधेशी मुलका विवाहित महिलाहरुले १५ दिनसम्म विधिपूर्वक मनाउने मधुश्रावणीको अन्तिम पूजा गरेपछि सकिदैछ ।
साउन महिनाको कृष्ण पक्षको पंचमीदेखि शुक्ल पक्षको त्रितीया सम्म मनाइएने यस पर्वको अंतिम दिन ब्रतालु महिलालाई बल्दै गरेको दियोको तातो तेलले घुँडामा पोल्ने प्रचलन रहेको छ जसलाई स्थानीय भाषामा टेमी भन्ने गरिएको छ । तेलले पोलेपछि हुने घाउको आकार अनुसार श्रीमान र श्रीमतीबीच माया हुने जनविश्वार रहेपनि विस्तारै यसको विकल्पहरु प्रयोग गरिन थालिएको छ ।
साउन महिनाको पंचमी तिथीदेखि १५ दिन सम्म मनाइने यसपर्वमा महिलाहरु मुख्य रुपले गौरी अर्थात पार्वती र नाग देवताको पूजा गर्ने गर्दछन् । त्रेता युगमा समेत माता सीताले गौरीको पूजा गरेकोले पति, सन्तान तथा परिवारका सदस्यहरुको दिर्घायुको कामना गर्दै मधुश्रावणी गर्ने गरिन्छ । विशेष गरी नव विवाहिता महिलाले उत्साह पूर्वक मनाउने गरेको यस पर्वमा उनीहरु आफ्नो साथीहरुसँग प्रत्येक दिन साँझ लोकगीत गाउँदै आफ्नो टोलमा रहेको बगैचा तथा मठ मंदिरबाट फुल टिपेर ल्याउने गर्दछन् । साँझ टिपेर ल्याएको फुलले उनीहरु भोलि पल्ट पूजा गर्ने गर्दछन ।
पूजा गर्ने क्रममा गाउँ अथवा टोलको वृद्ध महिलाले १५ दिनसम्म तिथि अनुसारको कथा सुनाउने गर्दछन् ।

No comments:

Post a Comment