‘प्रचण्ड जीले हतार-हतारमा अविश्वासको
प्रस्ताव दर्ता गर्नुभयो,’ बुधबार रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता
नेपालले भने, ‘सहमतिमात्रै होइन, राष्ट्रिय सहमतिकै सरकारको प्रयास भइरहेका
बेला भएको सरकार परिवर्तनले देश जटिल मोडमा पुगेको छ । अहिलेको स्थितिले
राष्ट्रिय सहमतिको सरकारको आधार कमजोर बनेको छ ।’
राष्ट्रिय सहमतिका लागि पहल भइरहेका बेला
माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिएर गल्ती गरेको
उनले टिप्पणी गरे ।
ओली नेतृत्वको सरकारले तय गरेका
महत्वपूर्ण योजनाहरु कार्यान्वयनको दिशामा अहिलेको सरकारले चाल्ने कदमहरुले
आगामी दिनको मार्ग प्रष्ट गर्ने उनले बताए ।
बाराको निजगढमा दाश्रो अन्तराष्ट्रिय
विमानस्थल निर्माण प्रकृयालाई गति दिनुपर्नेमा जोड दिँदै नेता नेपालले
निजगढ-काठमाडौं फास्ट ट्रयाक सरकारले नै बनाउनुपर्ने बताए । आर्थिक लोभमा
परेर फास्ट ट्रयाक निर्माण विदेशीलाई दिए देशले ठूलो नोक्सानी बेहोर्ने
उनको तर्क छ ।
हाल हतारमा नगरपालिका घोषणा गर्ने क्रम
बढेको भन्दै ठोस योजना र कार्यनीतिका साथ स्थानीय संरचना बनाउनु पर्नेमा
समेत नेता नेपालले जोड दिए ।
केही गाविसलाई गाभेर नगरपलिका बनाउदैमा
त्यहाँको विकास नहुने भन्दै उनले गाउँपालिका र इलाकाहरुका लागि ठोस
प्रस्ताव ल्याएर अधिकार सम्पन्न बनाउनु पर्ने बताए । लामो समयदेखि स्थानीय
निकायको निर्वाचन नहुँदा जनतामा वितृष्णा बढेकाले यसै वर्ष स्थानीय निकायको
निर्वाचन गराउनु पर्नेमा समेत नेता नेपालले जोड दिएका छन् ।
No comments:
Post a Comment