तराई मधेस सद्भावना पार्टीले सहअध्यक्ष
रामचन्द्र कुशवाहालाई पदमुक्त गरेको छ । तमसपा अध्यक्ष महेन्द्रप्रसाद
यादवद्वारा शनिबार जारी विज्ञप्तिमा पार्टीको जिम्मोवार पदमा रही
आचरणविपरीत काम गरेकाले उनलाई पदमुक्त गरिएको उल्लेख छ । कुशवाहालगायत केही
केन्द्रीय नेता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा जाने
तयारीमा छन् । 'पार्टीको आचरणविपरीत तथा मधेसी मोर्चाको मर्म, भावना र
लक्ष्यविपरीत काम गरेकाले उहाँलाई जिम्मेवारी मुक्त गरएको छ,' विज्ञप्तिमा
भनिएको छ ।
No comments:
Post a Comment