Wednesday, August 3, 2016

पूर्वराजा ज्ञानेन्द्र शाह जब पत्नीसहित इटालीको रेस्टुरेन्टमा भेटिए

युरोप भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह इटाली पुगेका छन्। पत्नी कोमलसहित परिवारका अन्य सदस्यसहित युरोप भ्रमणमा निस्केका ज्ञानेन्द्र इटालीको एक रेस्टुरेन्टमा देखिएका छन्।  उनी  पत्नी कोमलसहित इटालीको एक रेस्टुरेन्टमा खाना खाइरहेको अवस्थामा भेटिएका हुन्। 
छोरा पारस शाहलाई निर्मल निवास कुर्ने जिम्मेवारी सुम्पेर आफ्ना नातिनातिनाको विदाको मौका पारेर घुम्न निस्केका पूर्वराजा ज्ञानेन्द्र केही दिनदेखि इटालीमै छन्।
इटालीमा रहेका पूर्वराजा शाहलाई पूर्वमिस नेपाल जेनिशा र उनका पति दिकेश मल्होत्राले रेस्टुरेन्टमा भेटेका छन् र भेटपछि सामूहिक तस्वीरसमेत खिचाएका छन्। 
पूर्वराजा र रानी कोमललाई बीचमा राखेर पूर्वमिस नेपाल जेनिशा र दिकेशले सामूहिक तस्वीर खिचेर फेसबुकमार्फत सार्वजनिक गरेका छन्। पूर्वराजा शाह दुई साता लामो भ्रमणका लागि केहीदिन अघि इटाली पुगेका हुन्।

No comments:

Post a Comment