नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदैछन्।
प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा
बिहीबारमा अपरान्ह ३ बजे एक समारोहकावीच पद तथा गोपनीयताको शपथ खुवाउने
कार्यक्रम छ। शपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण
गर्ने छन्।
बिहीबारै प्रधानमन्त्री प्रचण्डले कांग्रेस र नेकपा माओवादी केन्द्रका
केहीलाई समेटेर सानो आकारको मन्त्रिपरिषद विस्तार गर्नेछन्। मन्त्रीको सूची
तयार पार्न माओवादी केन्द्रले हेडक्वार्टर बैठक बोलाएको छ भने कांग्रेस
पनि आन्तरिक छलफलमा जुटेको छ।
माओवादीले नेता कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज
पाण्डे, प्रभु साह लगायतलाई मन्त्री बनाउने तयारी गरेको छ भने कांग्रेसले
नेता विमलेन्द्र निधि, डा. शेखर कोइराला, रमेश लेखकलाई सरकारमा पठाउने
तयारी गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधवार प्रधानमन्त्रीमा निर्वाचित भएका
हुन्। प्रचण्डको पक्षमा संसदमा हाल कायम रहेको ५९५ मध्ये उपस्थित सांसदको
संख्या ५७३ मध्ये ३६३ मत परेको थियो भने विपक्षमा २१० मत परेको थियो।
प्रचण्डको विपक्षमा नेकपा एमाले, राप्रपा नेपाल लगायत केही साना दलले मतदान
गरेका थिए।
No comments:
Post a Comment