Saturday, August 13, 2016

नेवि सङ्घको मतदाता परिचयपत्र वितरण गरिने (निर्वाचन कार्यतालिकासहित)



काठमाडौँ, ३० साउन । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनका प्रतिनिधिहरुलाई आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृतिभवनबाट वितरण गरिने भएको छ ।
महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र बुझ्न आउँदा आ–आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र साथमा लिएर आउन नेपाली काँग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । धेरै दिनको विवादपछि हिजो राती निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।
निर्वाचन कार्यक्रम
१. महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन :– २०७३ श्रावण २९ गते साँझ ९ः०० वजे ।
२. उम्मेदवारको मनोनयन दर्ता :– २०७३ श्रावण ३० गते दिनको ३ः०० वजेदेखि साझ ६ः०० वजेसम्म ।
३. उम्मेदवारको पहिलो नामावली प्रकाशन :– २०७३ श्रावण ३० गते वेलुकि ७ः३० बजे  ।
४. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय :२०७३ श्रावण ३१ गते विहान १०ः०० बजेदेखि १०ः३० बजेसम्म ।
५. दोस्रो उम्मेदवारको नामावली प्रकाशन  २०७३ श्रावण ३१ ग्ते विहान ११ः३० बजे ।
६. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध : २०७३ श्रावण ३१ गते दिउसो १२ः३० बजेदेखि ३ः३० बजेसम्म ।
७. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन : २०७३ श्रावण ३१ गते दिनको १ः०० बजे ।
८. उम्मेदवारीको नाम फिर्ता : २०७३ श्रावण ३१ गते दिनको १ः३० बजेदेखि ५ः३० वजेसम्म ।
९. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७३ श्रावण ३१ गते साँझ ६ः०० बजे ।
१०. मतदान : २०७३ श्रावण ३२ गते विहान ०७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।
११. मतगणना ” मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।

No comments:

Post a Comment