आफ्नो अनुहार
चम्काउन र उज्यालो देखिन कसलाई
रहर नहोला
र ? अनुहार
चम्काउने र सौन्दर्य निखार्ने भन्दै
बजारमा सौन्दर्य
सामग्री पनि
व्यापक भेटिन्छन्
। तर,
के तपाईलाई
थाहा छ,
घरेलु सामग्रीबाट
नै हामी
अनुहारमा निखार
ल्याउन सक्छौ,
त्यो पनि
केही समयमै
। सौन्दर्य
निखार्ने घरेलु
उपाय यस्ता
छन्ः
–आधार चम्चा सुन्दलाको रसमा ४÷५ थोपा कागतीको रस मिसाउनुहोस् । त्यसमा आधा चम्चा चन्दनको पाउडर र केही थोपा गुलावजल मिसाउनुहोस् । यो मिसावटलाई केही समय फ्रिजमा राख्नुहोस् । त्यसपछि अनुहारमा लगाउनुहोस् । १५÷२० मिनेटपछि सफा र चिसो पानीले धुनुहोस् । यसले अनुहारमा रहेको चिल्लो हटाउनुका साथै चमक पनि दिन्छ ।
–गुलावजलमा चन्दनको पाउडर मिसाएर बनेको लेप लगाउन पनि सकिन्छ । त्यो लेपले अनुहारको कालो दाग मात्र हटाउँदैन, अनुहारको चिल्लोपना पनि सफा गर्छ ।
–काजु छालाका लागि अत्यन्त लाभदायक मानिन्छ । यसलाई पिसेर दुधमा मिसाएर लेप बनाउन सकिन्छ । सुख्खा छालाका लागि काजु रातभर दुधमा मिसाएर छाड्न सकिन्छ । त्यो लेपलाई बिहान अनुहारमा लगाउन सकिन् छ। यो मिश्रणले सुख्खा छालालाई नरम बनाउन मात्र होइन, छालालाई चम्काउन पनि सहयोग गर्छ ।
–अनुहारको चिल्लोपना र सुख्खापन एउटा प्रमुख समस्या हो । तर, यसबाट आत्तिहाल्नु पर्दैन । दही र पुदिनाको पात प्रयोग गरेर अनुहारलाई चम्काउन सकिन्छ । त्यसका लागि दहीमा पुदिनाको पातलाई पिसेर राख्न सकिन्छ । आधा घण्टा यसरी राखिएको मिश्रणलाई गाला र अनुहारमा लगाउनुपर्छ । त्यसलाई मनतातो पानीमा धुँदा अनुहारको चमक बढ्छ । एजेन्सी

No comments:
Post a Comment