ब्यवस्थापिका संसदमा भोली हुने प्रधानमन्त्री
निर्वाचनका लागी आज मनोनयन दर्ता हुँदैछ । संसद सचिवालयले निर्वाचन
कार्यतालिका सार्वजनिक गर्दै आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन
दर्ता गर्ने समय तोकेको हो ।
संसद सचिवालयले आजै अपरान्ह साढे ४ बजे उमेद्वारको अन्तिम नामावली
सार्वजनिक गर्ने छ । संसदमा हाल कायम ५ सय ९५ सदस्य संख्याको बहुमत अर्थात २
सय ९८ मत प्राप्त गर्ने ब्यक्ति भावी प्रधानमन्त्री बन्नेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदै
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा
उमेद्वारी दिने तयारी गरेको छ ।
भोलीसम्ममा चमत्कारीक रुपमा राजनीतिक उथलपुथल नभए माओवादी केन्द्रका
अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने लगभग पक्का छ ।
यसैबीच, प्रधानमन्त्रीमा उमेद्वारी दिने नदिने बिषयमा निर्णय गर्न एमाले
स्थायी समितिको बैठक बस्दैछ । बिहान ९ बजेपछि प्रधानमन्त्री निवासमा बस्ने
बैठकले उमेद्वारी दिने भए उमेद्वारको समेत टुङगो लगाउने सचिव योगेश
भट्टराईले जानकारी दिनुभयो । एमालेले उपनेता सुवास नेम्बाङ्गलाई
प्रधानमन्त्रीको उमेद्वार बनाउने चर्चा छ ।
यस्तै बर्तमान सत्ता गठबन्धनमा कायम रहेका साना दलहरुले भने एमाले
उमेद्वारलाई समर्थन गर्ने भएका छन् ।
नेकपा मालेका महासचिव समेत रहेका उपप्रधानमन्त्री सीपी मैनालीले संख्यात्मक
हिसावमा आफुहरुको उमेद्वारको औचित्य नहुने भएकाले बर्तमान गठबन्धनलाई कायम
राख्दै एमालेको उमेद्वारलाई समर्थन गर्ने बताउनुभयो ।
No comments:
Post a Comment