Saturday, August 27, 2016

कसको वक्षस्थल ठूलो ?

र्वेक्षणहरूमा धेरै पटक महिलाहरूले आफ्नो शरीरको आकर्षक अंगका रूपमा वक्षस्थललाई छनौट गरेका छन् । आखिर महिलाहरूले आफ्नो वक्षस्थललाई किन आकर्षक अंग मान्छन् भनेर टार्गेट म्यापले विश्वव्यापी सर्वेक्षण गर्दा नयाँ तथ्य अगाडि आएको छ ।
विश्वका महिलाहरूमध्ये सर्वाधिक ठूलो वक्षस्थल फिनल्यान्ड, नर्वे, रूस र स्वीडेनका महिलाहरूको हुन्छ । उनीहरूको वक्षस्थलको साइज डी छ । त्यसपछि बेलायतका महिलाहरूको पालो आउँछ, जसलाई सी कप साइजको ब्रा चाहिन्छ भने एसियन र अफ्रिकनको ब्राको औसत साइज ए र बी हो । मध्ययुरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकाका महिलाहरूको वक्षस्थलको आकार पनि औसतमा डी नै छ । यो सर्वेक्षणअनुसार ९२ देशका महिलाको वक्षस्थलको आकार ए साइजको ब्रा लाग्ने खालको मात्र छ ।
यही सर्वेक्षणका क्रममा पुरुषको ज्ञानेन्द्रियसम्बन्धी जानकारी पनि संकलन गरिएको थियो । कंगोका पुरुषहरूको लिंगको आकार सबैभन्दा लामो ७ दशमलव १ इन्च पाइयो भने इक्वेडर ६ दशमलव ९ इन्च तथा घाना ६ दशमलव ८ इन्चले क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे ।
विभिन्न संस्थाहरुले गरेको अध्ययनमा प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गरेको बताइएको छ । यस अर्थमा वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग नै हो भनिन्छ । वक्षस्थलले महिलाको शौन्दर्यलाई थप सुन्दर बनाउने बताईन्छ ।
यस विषयमा विभिन्न अध्ययनले महिलाको वक्षस्थलसम्बन्धी केही तथ्यहरु सार्वजनिक गरेका छन् । जुन यस प्रकार छ ः
१. महिलाहरुको दुई वक्षस्थल मध्ये बायाँको वक्षस्थल दायाँको भन्दा केही ठूलो हुने गर्छ । दुई वक्षस्थल कहिल्यै पनि एउटै साइजको नहुने अध्ययनको दावी छ । यस्तै, निप्पलको आकार पनि फरक फरक हुने गर्छ भने दिशा समेत फरक÷फरक हुने गर्छ ।
२. महिलाको वक्षस्थलको वरीपरी रौहरू हुने पनि अध्ययनले बताएको छ । महिलाको शरिरको रंग अनुसार नै स्तन वरपरको रंग फरक हुने बताइएको छ ।
३. महिलाहरूको वक्षस्थलको तौल औसत ०.५ किलो ग्राम हुन्छ । अध्ययनका अनुसार महिलाहरुको वक्षस्थलमा उनीहरुको शरिरमा हुने चिल्लो पदार्थको ४÷५ प्रतिशत बोसो रहेको हुन्छ । महिलाको वक्षस्थल उमेर बढ्दै जाँदा बढ्दै जान्छ र बोसोको मात्रा पनि बढ्दै जान्छ ।
४. विश्वका करिब २० लाख महिलाले आफ्नो वक्षस्थलको शल्यक्रिया गरी वक्षस्थलको आकारलाई ठुलो बनाएका छन् ।
५. महिलाहरूको वक्षस्थल सामान्य अवस्थामा भन्दा रिसाएको बेला ठुलो हुने अध्ययनकर्ताहरू बताउँछन् । उनीहरूका अनुसार महिलाहरू रिसाएको बेला महिलाको वक्षस्थल समेत फुक्ने गर्छ ।
६. हिड्दा होस् या जगिङ गर्दा या त कुनै काम गर्दा महिलाहरुको स्तन बढी नै उफ्रने गर्छ । यसले महिलाहरुलाई थप स्वास्थ्य समस्या उत्पन्न गराउन सक्ने बताइएको छ । यसले महिलालाई वक्षस्थल दुखाई समस्या बढाउने हुनाले महिलाले भित्रि वस्त्र ठिकसँग प्रयोग गर्नु उपयुक्त हुने सल्लाह चिकित्सकहरुको रहेको छ। उनीहरूले यदी भित्री वस्त्र मिलाएर लगाउने हो भने स्तनको दुखाईबाट बच्न सकिन्छ ।
७. महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्भेका अनुसार ४८ प्रतिशत महिलाहरु आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् । ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् ।
८. सन् २००६ मा गरिएको एक सर्भेक्षण अनुसार ८२ प्रतिशत युवतीहरु वक्षस्थलको स्पर्शबाटै यौन सम्बन्धका लागि उत्तेजित हुने गर्छन् ।
९. क्यानडामा गरिएको शोधका अनुसार स्तन प्रत्यारोपण गराउने महिलाहरुमा आत्महत्या गर्ने जोखिम ७३ प्रतिशत बढि हुन्छ ।
१०. साइकोलोजी टुडे पत्रिकाले गरेको सर्भेक्षणका अनुसार गरीब पुरुषहरुले ठूलो वक्षस्थल भएका महिलालाई मन पराउँछन् भने धनी पुरुषहरुले सानो वक्षस्थल भएका महिला रोज्छन् ।



याैन कुलतका लक्षण कस्ता हुन्छन् ?

सेक्स कुलत भनेको के हो ?
आर.

सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुनपुग्छ । सेक्सले कुलतको रूप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिस प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरूले प्रायः असुरक्षित यौनसम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ । महिलालाई सेक्सको लत लागेमा उनीहरू यौन व्यवसायमा लाग्ने गरेको पाइएको छ ।
सेक्सको लत सामान्यतयाः १६ वर्षदेखि ४० वर्षसम्म उमेरका व्यक्तिलाई हुन सक्छ । यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट सुरु हुन्छ । कतिपय विवाहित पुरुषले विवाहपछि पनि यो लत छाड्न सक्दैनन् ।  यस्तो लत पुरुष र महिला दुवैलाई लाग्न सक्छ । एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भाधारण हुने गरेको पाइन्छ । सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध–विच्छेद नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।
कुनै पनि व्यक्तिको यौन स्वभाव र व्यवहारको दायरा कस्तो र कुन स्तरको हुनुपर्छ भनेर किटान गर्न कठिन हुन्छ । गोप्य ठाउँमा सेक्स पार्टनरको बीचमा एकआपसमा सहमत भएर गरिने सम्भोगका जुनसुकै गतिविधिलाई पनि सामान्य रूपमा मान्नुपर्ने हुन्छ । तर, दिमागमा जतिखेर पनि सेक्सकै मात्र कुरा आउने, कम तथा बढी उमेर भएकासँग सेक्स गर्न मन पराउने, भर्जिन तथा नयाँ पार्टनर मात्रै खोज्ने भन्दै भौँतारिने काम कसैले गर्छ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ  ।
यौन सम्बन्ध राख्दा अँगालिने विधिहरू हरेक जोडीमा फरकफरक हुन सक्छ । हरेक व्यक्तिको यौनच्छा फरकफरक हुन्छ । यौन
समस्याहरूको अध्ययन र उपचार गर्ने क्रममा मानिसका यौन व्यवहारमा देखिने विचलन सबैभन्दा कठिन विषय हो । कुन हदसम्मको यौन व्यवहारलाई नयाँ प्रयोग मान्ने र कस्तो व्यवहारलाई यौन विचलन भन्ने कुरा निक्र्यौल गर्न निकै कठिन हुन्छ । सेक्सलाई कुण्ठित रूपमा बुझ्दा जुनखालका समस्या आउँछन् त्यस्तै समस्या यसलाई बढी खुला रूपमा लिन थालियो भने पनि आउँछन् । कुनै एक समय, परिस्थिति वा समाजमा सामान्य लाग्ने सेक्स व्यवहार अर्कोमा पूर्णतया असामान्य लाग्न सक्छ ।
कुनै एक व्यवहार अस्वाभाविक, अप्राकृतिक देखिए तापनि समग्र यौन व्यवहारको थोरै अंशमात्र भएमा वा यौन सन्तुष्टिको मुख्य माध्यम नभएमा असामान्य नहुन सक्छ । त्यसैले सेक्स एडिक्सनको बारेमा मेडिकल साइन्सले पहिलेदेखि नै डिफाइन गरे पनि यसको उपचार विधि र कुन स्तरको कुलत हो भनेर किटान गरेर मापन गर्न कठिन हुन्छ । जुनसुकै कुराको पनि अधिक चाहना गर्नु र त्यसका कारण व्यक्तिगत काममा अवरोध सिर्जना हुनुलाई लत वा कुलतका रूपमा बुझ्नुपर्छ ।
यौनले मानिसको दैनिकी, सामाजिक अवस्था, पेशागत तथा सम्बन्धमा असर गरिरहेको छैन भने त्यो समान्य अवस्था हो । तर, नियन्त्रणमा नै लिन सकिन्न । रोक्न खोज्छुभन्दा पनि सकिन्न र यस्तो कार्यमा संलग्न भई नै रहन्छ भने त्यो लत मात्र होइन कुलत नै हो । सेक्सुअल एडिक्सन अलग्गै रोग होइन तर अरू समस्याले निम्त्याउने समस्या हो । यस्तो अवस्थामा मानिसको दिमागमा सेक्सकै मात्र धारणा आइरहने हुन्छ ।
महिलामा वोर्डर लाइन पर्सनालिटी भन्ने समस्या हुन्छ । यो भनेको आवेग र अस्थिर मुड हुने समस्या हो । यो अवस्थामा महिलामा पटकपटक यौनको चाहना हुने, धेरै सम्पर्क गर्नुपर्ने हुन्छ । यस्ता महिलाहरूले आफूलाई सधँै एक्लोपना महसुस गर्ने गर्छन् । त्यही भएर उनीहरू आफ्नो एक्लोपना हटाउने उपयुक्त माध्यम भनेको नै यौन हो भन्ने सोच्ने हुन्छन् र सम्पर्कमा जाने गर्छन् । उनीहरू जोकोहीलाई पनि सम्पर्क गराउन सक्छन् । तर, जति धेरै सम्पर्क गरे पनि उनीहरूले सन्तुष्टि भने पाउन सक्दैनन् । केही समय एक्लोपना हटेको महसुस गरे पनि सम्पर्कबाट सन्तुष्टि पाउन सक्दैनन् ।
पुरुषहरूमा पनि यस्तो खालको समस्या हुने गर्दछ । पुरुषमा हुने यस्तो समस्यालाई एन्टीसोसियालिजम पर्सनालिटी अर्थात् असामाजिक व्यक्तित्वको समस्या । यस्तो समस्यामा पुरुषहरूलाई अरूले देख्छन्, पीडा हुन्छ, लाज लाग्छ भन्ने केही हुन्न । उनीहरूको दिमागमा सेक्स नै खेलिरहने र डर पनि नहुने भएकाले जो कोही पनि उनीहरूको शिकारमा पर्न सक्छन् ।
शुक्रबारबाट


बस दुर्घटनामा बेपत्ता अझै भेटिएनन्

रौतहट-पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरँजन यादव र ८ का मुकेश राम सहित ६ जनाको अझै कुनै अत्तोपतो छैन।
शुक्रवार बिहान चितवन मुग्लीन सडक खण्डको चण्डीभनज्याङ्ग ६ कालिखोला क्षेत्रमा भएको यात्रुवाहक बस दुर्घटनामा परेर अझै ६ जनाको कुनै अत्तोपत्तो नहुँदा मुडबलवावासी तनावमा छन्। दुर्घटनामा परी राजपुर फरहदवाका ललनकुमार कलवार, झुनखुनवाका दिपेन्द्र सिह र सर्लाही सुदामाका राजु सिंह बेखवर छन्।
रौतहटको गौर बाट पोखराका लागी हिडेको ग १ ख ३७०१ नम्बरको यात्रु वाहक बस शुक्रवार बिहान त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो। मृतक मध्ये १९ जनाको मात्र सनाखत भएको छ भने ३ जनाको शव चितवन अस्पतालमै रहेको रौतहट प्रहरीले जनाएको छ।
सनाखत भएका मध्ये १९ जनाको शव रौतहट ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए। ५ भारतीय यात्रु र १४ जना रौतहटका व्यक्तिहरुको शव परिवारजनले चितवन बाट ल्याएको डिएसपी भण्डारीले जानकारी दिदै धार्मिक परम्परा अनुसार आजै उनीहरुको जन्मथलो गाउँमा दाहसँस्कार गरिएको छ।
यात्रु र चलाक गरी ४२ जना सवार बस त्रिशुलीमा खस्दा रौतहट मुडवलवाको एकै टोलका ५ जना हताहती भएपनि दुई जनाको मात्रै शव आएको र तीन जनाको अहिले सम्म कुनै अत्तोपत्तो नहुँदा गाउँनै शोकमा डुवेको छ।
यता बस दुर्घटनामा परी ज्यान गुमाएका युवाहरुको सम्झनामा शनिवार दिउँसो १ बजे देखि ५ बजे सम्म रौतहट सदरमुकाम गौर लगायत विभिन्न बजार क्षेत्र बन्द गरी शोक मनाएको छ। साथै रौतहटबासीहरुले नेपाल सरकारसंग मृतक परिवारलाई १० लाख र घाईतेलाई निशुल्क औषधि उपचार गराउन माग गरेको छ।  

सीमा क्षेत्रका अवैध मदिरा पसल बन्द गर्दै प्रहरी

वीरगन्ज। भारतीयहरुले सीमा क्षेत्रको नेपाली गाउँमा प्रवेश गरी मदिरा खाएर होहल्ला र अवाञ्छनीय क्रियाकलाप गर्न थालेपछि पर्सा प्रहरीले त्यस भेगमा सञ्चालित अवैध मदिरा पसल बन्द गराउन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको सुरक्षाकर्मीको टोलीले अवैध रुपमा सञ्चालित करिब पाँच दर्जनभन्दा बढी मदिरा पसल बन्द गराएको हो ।
भारत विहार सरकारले मदिरा बिक्रीवितरणमा रोक लगाएपछि भारतीयले नेपाली सीमामा आएर मदिरा खाई गलत क्रियाकलाप गर्न थालेपछि प्रहरीले नेपाली सीमा क्षेत्रको पिराडी गुठी, छपकैया, अमरकट्टी, इनरुवा, विश्वा, आशबाढी, बुलगाइ, घोरे, मिर्जापुर, तिहुकी, ठेलराहा, प्रसैनीभाठा, जानकीटोल लगायत गाउँमा अवैध रुपमा सञ्चालित मदिरा पसल बन्द गरेको हो ।
पर्सा प्रहरीले नेपाल भारतको दशगजा क्षेत्र अन्तर्गत ५०० मिभित्र मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा समेतमा रोक लगाएको छ ।

आइतबार रौटहटका विद्यालय बन्द हुने

रौतहट । आइतबार रौतहट जिल्लाका सबै विद्यालयहरु बन्द हुने भएका छन् ।
शुक्रबार त्रिशुलीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका शिक्षक शिक्षिकाहरुको सम्झनामा शोक मनाउने निर्णय गरिएको  शिक्षक महासंघ रौतहटले जनाएको छ ।
बस दुर्घटनामा मृत्यु हुनेहरुमा सन्ध्या श्रीवास्तव, सचिन्द्र यादव, गणेश साह शिक्षक हुन् । त्यसैगरी शिक्षकद्वय जयसवाल र यादव शिक्षक हुन् भने राम निर्वाचन कार्यालयका करारका कर्मचारी हुन् ।
मुडवलवाकै नेमधारी वासुदेव उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक चित्ररञ्जन यादव स्थायी शिक्षकका लागि आयोगको परीक्षा दिन पोखरा जाँदै थिए ।
यसैगरी दुर्घटनामा परी ज्यान गुमाएकी सन्ध्या श्रीवास्तवको पनि अन्येष्टि गरिएको छ ।

हेटौँडा–ढल्केबर प्रसारण लाइन चार महिनाभित्र बनिसक्ने

काठमाडौं । लामो समयदेखि अगाडि बढ्न नसकेको ढल्केबर– इनरुवा र हेटौँडा– ढल्केबर प्रसारण लाइनको निर्माण प्रक्रियाले गति लिने भएको छ ।
सरकारले गत साउन ३२ गते वनक्षेत्र प्रयोगका लागि सहज रुपमा मार्ग प्रशस्त गरिदिएपछि सो प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन लागेको हो ।
कुल ४०० केभी क्षमताको सो प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्ने विषयमा नै सबैभन्दा बढी विवाद रहँदै आएको थियो । मन्त्रिपरिषद्को यही साउन ३२ गतेको निर्णयले वन क्षेत्रको जग्गा प्रयोग एवम् रुख कटानीका लागि मार्ग प्रशस्त गरिदिएपछि आयोजनाले गति लिने अवस्था आएको हो ।
पूर्व–पश्चिम प्रसारण लाइनको राजमार्गको रुपमा लिइएको सो परियोजना सम्पन्न भएको खण्डमा कुशाहा– कटैयाबाट नेपाल आउने १२५ मेगावाट विद्युत् सहज रुपमा राजधानीलगायत प्रमुख माग क्षेत्रमा सहजै पुर्याउन सकिन्छ भने विरगन्ज– परवानीपुर प्रसारण लाइनबाट आउने विद्युत्को वितरणमा समेत सहज हुने प्राधिकरणको भनाइ छ ।
ऊर्जामन्त्री जनार्दन शर्माले खिम्ती– ढल्केबर २२० केभी, हेटाँैंडा–ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन र ढल्केबर सव स्टेसन २२० केभीको काम आगामी मङ्सिर अन्तिम साताभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
आगामी हिउँदमा भारतबाट बढी बिजुली किन्नुपर्ने हुँदा सबै काम सकेर तयारी अवस्थामा राख्न ऊर्जामन्त्री शर्माले निर्देशन मात्रै दिनुभएन तोकिएको समयमा काम पूरा नभए सम्बन्धित अधिकारी कारबाहीको भागिदार हुने समेत बताए ।
कुल ७९२ वटा टावरमध्ये हालसम्म ४१५ वटा टावरको काम सम्पन्न भएको छ भने ३१५ टावरको काम वन क्षेत्रको जग्गा प्रयोगमा समस्या भएका कारण अगाडि बढ्न सकेको थिएन ।
ऊर्जामन्त्री शर्माले वन क्षेत्रमा पनि तत्काल टावरको फाउन्डेसन निर्माण सुरु गर्न आयोजनालाई निर्देशन दिएका छन् । आयोजना प्रमुख राधेशशरण महत्तोले वन क्षेत्रको जग्गा र रुख कटानीका विषयमा मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेका कारण टावर निर्माण प्रक्रियाले गति लिने विश्वास व्यक्त  गरे ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत हेटौँडा– ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण गर्न बजेटको विनियोजन भएकाले आयोजना तोकिएकै समयमै पूरा हुने आधार तयार भएको छ ।
ढल्केबरमा सव स्टेशनको काम समेत आगामी मङ्सिर महिनाको अन्तिम साता सम्पन्न हुने अवस्थामा रहेका कारण पूर्व–पश्चिम प्रसारण लाइनको रुपमा रहेको हेटाैंडा– ढल्केबर– इनरुवा प्रसारण लाइन निर्माण सम्पन्न हुने दिशामा रहेको प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख कन्हैया मानन्धर बताउँछन् ।
हेटाैंडा– ढल्केबर– इनरुवा प्रसारण लाइनका ठेकेदार एसएस चौहानले वन क्षेत्रको जग्गा प्रयोगको विषयमा निर्णय भएका कारण अब आफूहरुलाई काम गर्न सहज भएको बताए ।
“मजदुर तम्तयार अवस्थामा छन्, सामान भण्डारमा तन्दुरस्त छ । निरन्तर रुपमा काम गर्न पाए अबको एकाध महिनाभित्र प्रसारण लाइन सम्पन्न गर्न सक्छौँ”–ठेकेदार चौहानले बताए ।
ढल्केबर– मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट हिउँदसम्म २३० मेगावाट बिजुली किन्ने प्राधिकरणको योजना छ । अहिले सो प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात भइरहेको छ ।
भारतबाट आयात हुने विद्युत् केन्द्रीय प्रणालीमा जोडेर वितरण गर्न सव स्टेसन र हेटौँंडा– ढल्केबर– इनरुवा ४०० केभी लाइन बन्नुपर्ने भन्दै चर्को आवाज उठ्दै आएको थियो ।
यो प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार एआइएल एलटिवी कम्पनीले प्राधिकरणले आवश्यक सहयोग गरे समयमै काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।
समथर क्षेत्रमा भएकाले कुल ३१९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न अब कुनै समस्या नरहेको भए पनि प्रसारण लाइनमा हाल प्रयोग भइरहेको प्रविधिको सट्टामा नयाँ प्रविधि क्वाड प्रयोग गर्नुपर्ने आवाज उठेको छ । सो प्रविधि प्रयोग भएको खण्डमा प्राधिकरणले थप रु एक अर्ब रकम जोहो गर्नुपर्ने देखिन्छ ।
प्राधिकरणले चालु वर्षको हिउँदमा भारतबाट ६०० मेगावाटसम्म बिजुली किन्ने लक्ष्य राखेको छ । उक्त परिमाणको बिजुली आयात भएपछि ढल्केबर पूर्व र महेन्द्रनगर पश्चिम विद्युत्भार कटौती नगन्य हुने र मध्यक्षेत्रमा दैनिक सात घन्टाभन्दा बढी विद्युत कटौती नहुने प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले बताए ।

सुत्केरी बलात्कार गर्ने पक्राउ

एकसाताको सुत्केरी महिला बलात्कार गरेको आरोपमा धरान–१५ बाझोगरा बस्ने ३६ बर्षीय धनबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दमाई विरुद्ध इलाका प्रहरी कार्यालय धरानले शुक्रबार नै जवर्जस्ती करणी ऐन अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
दमाइले धरान–१५ बस्ने सुत्केरी महिलालाई हतियार देखाएर बलात्कार गरेका वयान दिएका छन् ।  गत बुधबार राती सुत्केरी महिला बलात्कार गरेर फरार रहेका दमाइलाई शुक्रबार प्रहरीले श्याम चोकबाट पक्राउ गरेको हो ।
बलात्कृत सुत्केरी महिला रगतपच्छे भएको अबस्थामा अभियुक्त दमाईकै घरबाट छिमेकीले उद्धार गरेका थिए । पिडित महिलाको धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बलात्कृत भएप्छि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बिहिबार डिस्चार्ज गरिएको थियो। तर डिस्चार्ज भएर घरमा आएपछि पिडित महिलाले शुक्रबार बेलुका आत्माहत्या गर्ने प्रयास गरेकी थिईन् । पिडित महिलाले आत्महत्या प्रयास र रक्तस्राब भएपछि थप उपचारकालागि पुन: अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । पिडित महिलाका श्रीमान रिक्सा चलाउछन् ।

आदिवासी जनजातिलाई आन्दोलन गर्न उक्साइन् सभामुख घर्तीले

सभामुख ओनसरी घर्तीले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्न आदिवासी जनजातिहरूलाई उक्साएकी छिन्।
सभामुख घर्तीले आदिवासी जनजातिले उठाएका राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीको मागप्रति आफ्नो पू्र्ण समर्थन रहेको भन्दै संविधानमा टेकेर अधिकार प्राप्तिका लागि आन्दोलन गर्न आग्रह गरिन्। 
आदिवासी जनजाति सम्बद्ध संस्थाहरूले शनिबार कठमाडौंमा गरेको संविधान संशोधनमा आदिवासी जनजातिहरुका सवाल विषयक अन्तक्र्रियामा सभामुख घर्तीले विभिन्न राजनीतिक दलका सांसद्कासामु अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफूले साथ दिने समेत बताइन्। उनले आन्दोलन गर्दा प्राप्त उपलब्धिको कार्यान्वयन गर्न पनि दवाब दिइनुपर्ने अन्यथा भविष्यमा अधिकार प्राप्तिको बाटो नै बन्द हुने बताइन्।
सभामुख घर्तीले आदिवासी जनजातिले उठाएका माग सम्बोधनका लागि संविधान संशोधन अनिवार्य रहेको भन्दै प्रमुख दलहरुले संविधान संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्नेमा आफू आशावादी रहेको बताइन्। 
कार्यक्रममा राजनीतिशास्त्री कृष्ण हाछेथुले सबैको अपनत्वका लागि संविधानको धारा ४, ४२(१), ५६(३) र धारा ८४ संशोधन गर्नुपर्ने तथा धारा २२० खारेज गरिनुपर्ने बताए।

धनुषामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

जनकपुर । धनुषाको हजरा चोरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
जनकपुर आउँदै गरेको ज ७ प ५७१७ नम्वरको मोटसराइकल र विपरित दिशाबाट जाँदै गरेको ना ३६ प ९३१९ को मोटरसाइकल जनकपुर-ढल्केवर सडक खण्डको हजरा चोरमा ठक्कर खाएका थिए ।दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही गौरीशंकर-१ का ३२ वर्षीय मुकेश चौधरी छन् भने अर्को एकको सनाखत हुनसकेको छैन ।
दुर्घटनामा मृतक मुकेश चौधरीकी भाउजु शुस्मा चौधरी गम्भीर घाइते भएकी छिन । जनकपुर अंचल अस्पतालले उनलाई थप उपचारका लागि धरान रिफर गरेको छ ।

Friday, August 26, 2016

पेट बढेर हैरान हुनुहन्छ ? यी १२ तरिकाले सजिलै घटाउनुहोस्



व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको पुटुक्क परेको पेट हो एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ तर यो असम्भव भने होइन यसका लागि तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउनुका साथै हल्का व्यायाम पनि गर्नुपर्छ
. मनतातो पानी पिउनुहोस्ः
दिनभरी कम्तीमा पनि देखि ग्लास मनतातो पानी पिउनुहोस् यसले तपाईंको पेटको बोसोलाई निकै छिटो पगाल्ने गर्दछ
. बदाम (एल्मोन्ड):
दैनिक देखि वटा बदाम खानुहोस् यसमा पाइने भिटामिन , पोलिस्याचुरेटेड मोनोस्याचुरेटेड फ्याटले भोक नियन्त्रण गर्दछ यसले पेटको बोसो कम गर्नमा सहयोग गर्दछ
. सौफ मिसिएको पानीः
एक कप पानीमा एक चम्चा सौफ हालेर त्यसलाई उमालेर नियमित रुपमा पिउनुहोस् यसले तपाईंको पाचन प्रक्रियालाई सुधार्छ भने तपाईंको पेटको बोसोलाई पनि कम गर्दछ
. दहीः
दैनिक रुपमा एक कचौरा दही खानुहोस् यसमा पाइने क्याल्सियमले पेटको बोसो बढाउने कार्टिसोल हर्मोनको लेभललाई कन्ट्रोल गरेर पेट घटाउन मद्दत गर्नेछ
. हरियो सागसब्जीः
खानामा पालुङ्गो, मेथी बन्दाजस्ता हरियो तरकारी समावेश गर्नुहोस् यसमा प्रचुर मात्रामा फाइबर पाइने भएका कारण पेटको बोसो घटाउनमा सहयोग पुर्याउँछ
. ब्रेकफास्टः
बिहान प्रोटिनयुक्त ब्रेकफास्ट खानुहोस् यसमा अन्डा, दुध, केरा फलफुलजस्ता स्वस्थकर खानेकुरा समावेश गर्नुहोस् यसले दिनमा पटक पटक भोक लाग्ने समस्याबाट छुटकारा दिन्छ
. खाना खाँदा पानी नपिउनुहोस्ः
खाना खाने बेलामा पानी नपिउनुहोस् यसले खाना ठिक तरिकाले डाइजेस्ट हुन दिँदैन जसका कारण बोसो बढ्न थाल्छ खाना खाएको १० वा १५ मिनेट पछि मात्र पानी पिउनुहोस्






त्रिशुलीमा बस खस्दा २२ को मृत्यु, ४ बेपत्ता

गौरबाट पोखरा जाँदै गरेको रात्रिबस शुक्रबार बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत कालीखोलाबाट २ सय मिटर तल त्रिशुलीमा खस्दा चार भारतीयसहित २२ यात्रुको मृत्यु भएको छ । २१ जनाको घटनास्थलमा र एकको उपचारको क्रममा मृत्यु भएको हो ।
चण्डीभन्ज्याङ–६, मा भएको ग१ख ३७०९ नम्बरको बस दुर्घटनामा ४ जना अझै बेपत्ता छन् । १६ जना घाइते भएका छन् । बसमा चालक, कन्डक्टर र सहचालकसहित ४२ जना थिए । नदीमा डुबेको बस टुक्राटुक्रा भएको छ ।
रौतहट सदरमुकाम गौरबाट ३० र चन्द्रनिगाहपुरबाट ९ यात्रु लिएर बिहीबार साँझ ७ बजे छुटेको बस बिहान साँढे ३ बजे नदीमा खसेको थियो । मृतकमा १९ पुरुष र ३ महिला छन् । ९ पुरुष २ महिला र ५ बालक घाइते छन् । उनीहरुको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साईन्सेजमा उपचार भइरहेको छ ।
घाइते र मृतकका आफन्त रुँदै एकाबिहानै अस्पताल जुटेका थिए । कटहरियाबाट शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका ३१ वर्षीय शम्भुराय यादव फेला परेका छैनन् ।
चन्द्रनिगाहपुरका सञ्जय साह परिवारसहित पोखरा हिँडेका थिए । उनी गम्भीर घाइते भए । उनकी पत्नी पुनम र ११ बर्षीया छोरी कञ्चन फेला परेका छैनन् ।
घटनापछि सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् ब्यवस्थापन टोली ‘राफ्ट’सहित तत्काल पुगेको थियो । सुरक्षाकर्मी पुग्दा आधादर्जन यात्रु बसको छतमा थिए । घटनास्थल भीर भएकाले उद्धारमा कठिनाई परेको थियो । सुरक्षाकर्मीले ३ वटा डुंगाको मद्दतमा बस खसेको स्थानबाट घाइतेलाई १ किमी उत्तर कालीखोला पुल मुनी ल्याएर निकालेका थिए । एक बालक र ३ यात्रु डाँडामा अडिएका थिए । उनीहरु कराएपछि उद्धार गरिएको थियो । कहालीलाग्दो भीर भएकाले सुरक्षाकर्मी डोरीको सहायताले उद्धार गर्न झरेका थिए । बस खसेको स्थान पुग्न कठिन बाटो छ ।
‘घटनास्थल ठम्याउन बेर लाग्यो’, जिल्ला प्रहरी प्रमुख एसपी बसन्त कुँवरले भने, ‘तलबाट घाइतेहरु रोइकराई गरेपछि थाहा पायौं ।’ बस खसेको स्थान पत्ता लगाउन सुरक्षाकर्मीले सिट्ठी बजाउँदै हिँडेपछि घाइते यात्रुले बचाउ, बचाउ भन्दै रोइकराई गरेका थिए । जिल्ला प्रहरी, मुग्लिन, सिमलताल, जुगेडी र सशस्त्र प्रहरीको सीमासुरक्षा बलबाट ठूलो संख्यामा सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।
बस बिहान ६ बजे पोखरा पुगीसक्नुपथ्र्यो । अधिकांश यात्रु सुतेको अवस्थामा घटना भएको हो । ‘मस्त निद्रामा थियौं’, भारतको सितामाढीका राजेश गुप्ताले भने, ‘एक्कासी गल्र्याम्मगुर्लुम्म गरेर बस तल खस्यो ।’ त्यसपछि बेहोस भएका गुप्ता आफू बाँचेको भन्ने विश्वास नलागेको बताउँछन् । घटनास्थल पुग्दा यात्रुको शब भिरमा अडिएका र तल चिन्नै नसक्ने अवस्थामा थिए । केही शव सुरक्षाकर्मीले बसभित्रबाट निकालेका थिए ।
द फेमस महेन्द्र दल गणको सेनाको टोली अलि ढिला पुगेको थियो । घाइते अधिकांशको टाउको र खुट्टामा चोट लागेको छ । सशस्त्रको बिपदको मेडिकल सहितको टोलीले घाईतेलाई घटनास्थलमै सामान्य उपचार गरेको थियो । ‘हामीघटनास्थल पुग्दा त्यहाँको दृश्य दर्दनाक थियो’, उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक तुला चौधरीले भने, ‘घाइते र शव छरपष्ट थिए । ठाडो भीरबाट कष्टले स्टेचरमा राखी उद्धार गर्न सफल भयौं ।’
सुरक्षाकर्मीले साँझसम्म हराइरहेकाको खोजी गरिरहेको छ । केही यात्रु बसभित्र अडिएको हुन सक्ने अनुमानमा टुक्रिएको बस बाहिर निकाल्ने प्रयास गरिएको थियो । बसको पुरै भाग नदीमा डुबेको छ । यो ठाउँमा पटक पटक दुर्घटना हुने गरेको स्थानीय पसले पार्वती विष्टलेबताइन् । ‘बिहान ३ बजेतिर ठूलो आवाज आयो’, उनले भनिन् ‘पछि तल रोइकराई गरेको जस्तो आवाज सुनियो ।’
प्रहरी भन्छ, ‘चालकको लापरबाही’
मकवानपुरको बस्तिपुरबाट खाना खाई छुटेको बसको चालक निदाएको वा ओभरटेक गर्ने क्रममा बस तल खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनायो । ‘यो दुर्घटना चालकको लापरबाहीले भएको हो,’ एसपी कुँवरले भने, ‘बिहानको समय गाडीको चाप पनि त्यति नभएको अवस्थामा बस खसेको छ ।’ घटना भएको स्थानको बाटो त्यति जोखिमपूर्ण पनि छैन ।
घटनामा घाइते गौरका सुशान्त श्रीवास्तवले चालक पौडेलले टाउको हल्लाउने बित्तिकै गाडी तल झरेको बताए । ‘झुप्प निदाएको जस्तै भएको थियो’ उनले अस्पतालमा भने, ‘त्यसपछि बस पल्टिन सुरु गर्‍यो ।’ घटनामा उनकी आमा सन्ध्या श्रीवास्तवको मृत्यु भएको छ ।
मृतकको नाम र ठेगाना
१) बस चालक लोकराज पौडेल (३१ वर्ष), लेखनाथ नगरपालिका, कास्की
२) चितरन्जन यादव (३६), मुडवलवा- ३, रौतहट
३) राजेशप्रसाद यादव (३३), मुडवलवा- ३, रौतहट
४) प्रमोद राम (२४), महम्मदपुर- ८, रौतहट
५) राकेश यादव (३०), लौकाहा, रौतहट
६) बृजकिशोर कुश्वाह (३५), कटहरिया ९, रौतहट
७) गणेशकुमार साह (२५) बसतपुर १ रौतहट
८) कामेश्वरप्रसाद साह (२५) राजपुरतुल्सी ३ रौतहट
९) चित्रबहादुर बोहरा (४०) भल्लिडाँडाँ कास्की
१०) शेखसहजित आलम (२६) गरुडा- १४ जयनगर रौतहट
११) सुचिन्द्रप्रसाद साह (३६) लैकाहा २ रौतहट
१२) जोखु साह (१२) गौर, रौतहट
१३) जोगेन्द्र गिरी (६५) ईनर्वा- ७ रौतहट
१४) सन्ध्या श्रीवास्तव (३१) गौर रौतहट
१५) गणेशकुमार साहकानु (३४) झुन्खुनुवा ३ रौतहट
१६) तुलसाकुमारी सिंह (४१) बन्जाराहा ३ रौतहट
१७) सन्दिप भगत (११), बिहार, भारत
१८) थेकन ठाकुर (३६) पूर्वीचम्पारण, भारत
१९) शंकर ठाकुर (३७) पूर्वी चम्पारण, भारत
२०) रामसागर भगत (४०) पूर्वीचम्पारण भारत
२१) नथुनि चौधरी (३२) पूर्वीचम्पारण, भारत
सनाखत हुन बाँकी- १

Thursday, August 25, 2016

दौरा सुरुवालमा सजिएर कांग्रेस मन्त्रीहरुले लिए सपथ

काठमाडौं । नेपाली कांग्रेसबाट छानिएका १३ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
सरकारमा कांग्रेसका अर्जुननरसिंह केसी, सितादेवी यादव, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, सुर्यमान गुरुङ, शंकर भण्डारी, नविन्द्रराज जोशी र गगन थापा थपिएका छन् ।
यसैगरी केशव कुमार बुढाथोकी, दीपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी पनि मन्त्री बनेका छन् ।
सपथ ग्रहणमा सितादेवी यादवले सारी र खरानी रंगको कोट लगाएकी थिइन् भने अन्य सबैले दौरा सुरुवाल लगाएका थिए ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती लगायतको उपस्थिति थियो ।
सरकारमा यसअघि नै कांग्रेसका विमलेन्द्र निधि र रमेश लेखक मन्त्री छन् ।

रात्रीबस त्रिशुलीमा खस्याे, मर्नेको संख्या २१ पुग्यो

राैतहट- राैतहट सदरमुकाम गाैरबाट पाेखरातर्फ गइरहेकाे रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा मर्नेको संख्या २१ पुगेको छ। २० जना घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। ग १ ख ३७०९ नम्बरकाे साे बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई प्रहरीले उद्धार गरेकाे छ।
नारायगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चन्डीभन्यज्याङ-५ कालिखोलानजिक यात्रुबाहक बस खसेको छ। '२० वटा शव निकालिएकाे छ। १५ जना घाइतेकाे उद्धार भएकाे छ', मध्यामाञ्चल प्रहरी प्रमुख डिअाइजी पशुपति उपाध्यायले भने, 'उद्धारका लागि थप प्रहरी बल घटनास्थल पुग्दैछ।' उनका अनुसार बस सडकदेखि २ सय मिटर तल खसेकाे छ।
गाैरबाट छुटेकाे साे बसमा करिब ४० यात्रु चढेका थिए। पृथ्वी यातायात संघकाे साे बसमा चन्द्रनिगाहपुर र अन्य स्थानबाट पनि यात्रु चढेकाे प्रहरी अनुमान छ। बसमा अधिकांश यात्रु मजदूरी गर्न जानेहरू थिए।
लाेकराज पाैाैडेलले चलाएकाे साे बसमा चन्द्रपुर-२  गैडाकाेटका श्याम न्याैपाने सहचालक छन्। उनीहरुको अवस्था खुल्न सकेकाे छैन।

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।यसरी पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरुमा अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरुङ छन्। यसअघि नेकाका तर्फबाट उप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक सरकारमा सहभागी भइसकेका छन्।नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा सहभागी थिए। कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्त, तीनवटै सुरक्षा निकायमा प्रमुख, मुख्य सचिव डा सोमलाल सुवेदी र नेपाल सरकारका विशिष्ट अधिकृतहरुको सहभागिता रहेको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल साउन १९ गते व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । उनले साउन २० गते पद तथा गोपनीयताको शपथ लिएका थिए। नेपाली कांग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित भएका  दाहालले आफ्नो मन्त्रिमण्डललाई अहिले तेस्रोपटक विस्तार गरेका हुन्।

उपप्रधानमन्त्रीद्वारा भारत भ्रमण बारे राष्ट्रपतिलाई ब्रिफिङ

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनुभएको छ । नयाँदिल्लीबाट फर्किएको दुई दिनपछि आज शीतल निवास पुगेका निधिले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता, प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे भएको कुराकानी लगायतबारे राष्ट्रपतिलाएै जानकारी गराउनुभएको थियो । भारतीय उच्चअधिकारीले नेपालप्रति देखाएको सदासयता प्रशंसनीय रहेको निधिको भनाई थियो । भ्रमणका क्रममा निधिले राष्ट्रपति भण्डारीका तर्फबाट समकक्षी प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो सहित पठाएको पत्र हस्तान्तर गर्नुका साथै भण्डारीको भारत भ्रमणबारे समेत कुराकानी गर्नुभएको थियो । 

कांग्रेसका १३ मन्त्रीकाे सपथ शुक्रबार, कसले पाए कुन जिम्मेवारी ?

काठमाडौं—नेपाली कांग्रेसबाट थप हुने मन्त्रीको सपथ ग्रहण भोलि शुक्रबार बिहान हुने भएको छ। प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयसँग सम्पर्क गरी शपथका लागि शुक्रबार बिहान ९ बजेको समय मागेको छ। स्रोतका अनुसार राष्ट्रपति कार्यालयले साेही समयका लागि ९ बजेको तयारी गरेको छ। कांग्रेका १३ नेताले शुक्रबार बिहान मन्त्री पदकाे सपथ लिने छन्।
कसले पाए कुन जिम्मेवारी ?
  • सीतादेवी यादव –शान्ति तथा पुनर्निर्माण
  • प्रकाशशरण महत –परराष्ट्र
  • अर्जुननरसिंह केसी –सहरी विकास
  • बालकृष्ण खाँड –रक्षा
  • सुर्यमान गुरुङ –श्रम
  • जीवनबहादुर शाही –पर्यटन तथा नागरिक उड्यन
  • गगन थापा –स्वास्थ्य
  • केशवकुमार बुढाथोकी –सामान्य प्रशासन
  • दीपक गिरि –सिँचाई
  • रोमी गौचन थकाली –वाणिज्य
  • नविन्द्रराज जोशी –उद्योग
  • हृदयराम थानी –सहकारी तथा गरिवी निवारण
  • शंकर भण्डारी –वन
यसअघि कांग्रेसका तर्फबाट विमलेन्द्र निधि उपप्रधान तथा गृह मन्त्री र रमेश लेखक भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका छन्।

Wednesday, August 24, 2016

श्रीमान्-श्रीमतीको छुट्टै बसाइ र यौन चाहनाको व्यवस्थापन



वैदेशिक रोजगार होस् वा अध्ययनका क्रममा श्रीमती बाहिर हुँदा अन्य कठिनाइका साथसाथै यौनसम्बन्धी असजिलो पनि सहेर बस्नुपर्ने बाध्यता हुन्छ अन्य कतिपय असजिलोपन सजिलै व्यक्त गर्न सकिने भए पनि यौनसम्बन्धी असजिलोपनको चर्चा गर्न भने सजिलो हुँदैन तपाईंलाई असजिलो भए जस्तै तपाईंकी श्रीमतीलाई विदेशमा त्यस्तै असजिलो भएको हुनुपर्छ
तपाईंले श्रीमती आफूबाट टाढा हुँदा हस्तमैथुनलाई यौनइच्छा शान्त पार्ने उपाय बनाउनु भएको रहेछ जसलाई कतिपय दृष्टिले सकारात्मक मान्नुपर्छ यसले अनावश्यक रूपमा हुने खर्च तथा समय बचाउँछ नै गोपनीयता पनि भंग हुन दिँदैन अन्य कुनै व्यक्तिसँग सम्पर्क नहुने भएकाले एचआईभी वा अन्य कुनै यौन रोगको संक्रमण हुने कुरा पनि भएन हस्तमैथुन आफैंले गर्ने भएकाले यसमा अनेक यौन परिकल्पना जोड्न सकिन्छ, जसले थप यौन आनन्द प्रदान गर्न सक्छ कतिपयलाई हस्तमैथुन कति पटकसम्म गर्न सकिन्छ भन्ने चिन्ता पनि हुन्छ सजिलो भाषामा भन्नुपर्दा शरीरले मागेअनुसार हस्तमैथुन गर्न सकिन्छ एउटा सामान्य व्यक्तिले शरीरले मागेभन्दा बढी हस्तमैथुन गर्न सम्भव हुँदैन, जसरी तिर्खा मेटिएपछि उसले प्यास नलागेसम्म थप पानी पिउँदैन, हस्तमैथुन गरेर यौनइच्छा शान्त भएको स्थितिमा पनि व्यक्तिले अधिक हस्तमैथुन गर्दैन हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो लिङ्गको घर्षणका कारणले नै हाम्रो यौन उत्तेजना बढ्दै गएर चरमसुखको स्थितिसम्म पुगिन्छ योनिसँगको होस् वा हात, लिङ्गलाई खासै फरक पर्दैन त्यसैले यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु भए हुन्छ
डन्डिफोर हस्तमैथुनको सम्बन्ध
हाम्रा रौंका जरा तैलीय ग्रन्थीसँग जोडिएका हुन्छन् सामान्यत: यी ग्रन्थिबाट तैलिय वस्तु निस्कन्छ उक्त तैलियबस्तु ग्रन्थिबाट निस्किएर बिस्तारै रौंतिर जान्छ छालामा फैलन्छ त्यसैले हाम्रो छालामा एक किसिमको चिल्लोपन हुन्छ विशेषगरी बढी हार्मोन उत्पादन भएका बेला त्यस्ता तैलीय वस्तु बढी निस्कन्छ मरेका छालाका कोषहरूको रौंको जरामा जम्मा हुन्छ अनि त्यसपछि ग्रन्थीको मुखलाई बन्द गरिदिन्छ यसमा जीवाणुको संक्रमण भएपछिको स्थितिलाई नै हामी डन्डिफोर भन्छौं
किशोरावस्थामा बढी डन्डिफोर आउँछ यो उमेरमा हार्मोन उत्पादन बढी भएपछि एकातिर यौनेच्छा जाग्छ भने अर्कातिर डन्डिफोर बढी आउँछ यौनेच्छा शान्त पार्न हस्तमैथुन गरिन्छ हस्तमैथुन गरिने समय डन्डिफोर आउने उमेर उस्तै-उस्तै भएकाले पनि कतिपयले हस्तमैथुनलाई दोष दिए पनि हस्तमैथुन डन्डिफोरबीच तपाईंलाई लागेजस्तो प्रत्यक्ष सम्बन्ध छैन स्पष्ट रूपमा भन्नुपर्दा हस्तमैथुन गरेका कारणले डन्डिफोर आउने होइन त्यसैले त्यतातिर चिन्ता नगर्नुहोला
वयस्क व्यक्तिमा डन्डिफोरको कुरा
किशोरावस्थाको तुलनामा कमै आउने भए पनि वयस्कलाई पनि डन्डिफोरले सताउन सक्छ केही व्यक्तिमा वयस्क भएपछि मात्र डन्डिफोर आएको हुन सक्छ यस्तो पुरुषको तुलनामा महिलालाई बढी हुन सक्छ यस्तो किन हुन्छ भन्ने सन्दर्भमा अनेक कारण औंल्याउन सकिन्छ हार्मोनको मात्रामा उतारचढाव आएको भने पनि डन्डिफोर आउँछ हार्मोनले हाम्रो छालामा भएको तैलीय ग्रन्थी तथा रौंको जरालाई सक्रिय बनाउँछ जसले डन्डिफोर आउने कुरालाई बढावा दिन्छ तनाव वयस्कमा डन्डिफोर आउने अर्को महत्वपूर्ण कारण हुनसक्छ तनावका बेला हाम्रो शरीरले एण्ड्रोजन जस्ता हर्मोनको उत्सर्जन बढी गर्छ त्यसैले यसको प्रत्यक्ष सम्बन्ध तनावसँग भएको पाइन्छ तपाईंको रगत नाता भएका व्यक्तिमा यसरी डन्डिफोर आउने गरेको ? विचार गर्नुहोला यस्ता कतिपय समस्या रगतको नाता भएका परिवारका वयस्क सदस्यमा समेत देखिएको भए अन्य सदस्यमा पनि देखा पर्न सक्छ त्यसैगरी केश तथा छालामा लगाइने कतिपय सौन्दर्य सामग्री पनि यसको कारण हुन सक्छ यसरी डन्डिफोरले दुख दिएका बेला डन्डिफोर नआउने तथा तैलिय पदार्थ नभएको सौन्दर्य प्रसाधन प्रयोग गर्नु श्रेयस्कर हुन्छ तपाईर्ंले कुनै औषधि प्रयोग गरिरहनुभएको कि छैन केही उल्लेख गर्नुभएको छैन केही औषधि यसका कारण हुन सक्छन् त्यस्ता औषधिमा स्टेरोइड भएका औषधि, हार्मोन भएका औषधि वा लिथियम भएका औषधि प्रमुख केही स्थितिमा शरीरमा कुनै रोग जसको लक्षण डन्डिफोर आउने कारण हुनसक्छ त्यसमा पनि ध्यान पुर्याउनुपर्ने हुन्छ कसैकसैमा उच्च कार्बोहाइड्रेड भएको खानाले पनि यस किसिमको समस्या देखिने गरेको पाइन्छ भनेका छन्
वयस्क उमेरमा आउने डन्डिफोरको उपचार किशोरावस्थामा आउने डन्डिफोरको भन्दा फरक हुन्छ माथि उल्लेख गरिएका कुरामा ध्यान दिन सकियो भने कतिपय स्थितिमा समस्या कम गर्न सकिन्छ यदि समस्या कायम रहे चर्मरोग विशेषज्ञसँग सम्पर्क राख्नुपर्ने हुन्छ
के असर पार्ला ?
यसको असरको कुरा गर्दा राम्रोसँग उपचार गरिएन भने छालामा दाग रहन सक्छ सबैभन्दा महत्वपूर्ण असर मानसिक हुनसक्छ आफ्नो सुन्दरतामा नकारात्मक असर पर्छ वा परेको भनेर आत्मसम्मान वा आत्माविश्वास नै कम हुनेसम्मको स्थिति आउन सक्छ यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको स्थितिमा भने खासै समस्या आउँदैन