Saturday, July 30, 2016

विकास समितिको बैठक आज

व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको बैठक आज बस्दैछ । मुलुकभर आएको बाढी पहिरोका कारण भएका मानवीय तथा भौतिक क्षति बारे सम्बन्धीत मन्त्रालय तथा निकायहरुसंग छलफल गर्न समितिको बैठक बस्न लागेको हो । विहान ११ बजे सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा बाढी पहिरोले सडक, पुल लगायत विभिन्न विकास अयोजनामा पुर्‍याएको क्षतिमा स्थानीय र केन्द्रियस्तरबाट भएका उद्धार , राहत , क्षतिको न्युनीकरण र सोको रोकथामका लागी भएका प्रयास बारे छलफल हुनेछ । बैठकमा सरकारका मुख्य सचिव, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरुको सहभागिता रहने समितिले जनाएको छ । 

No comments:

Post a Comment